NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

कृषि विकास बैंकको ब्याज आम्दानीमा ३९.२८ प्रतिशतले बढ्यो

NIMB
leapmotornepal (citroen)

काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३९.२८ प्रतिशत बढेर ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता १९.८९ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत घटेर ८ अर्ब ८ करोड ४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आथिैक वर्षको सोही अवधिमा बैंकले ८ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी १३.२८ प्रतिशत घटेर १ अर्ब २२ करोड ११ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.४४ प्रतिशत बढेर १० अर्ब ४९ करोड २९ लाख रुपैयाँ, सञ्चालन नाफा २६.०७ प्रतिशत बढेर ४ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १.४१ प्रतिशत बढेर १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँ, जगेडा कोष ४.५४ प्रतिशत बढेर ११ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत असारसम्म बैंकको निक्षेप १९.७५ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ र कर्जा लगानी ०.९३ प्रतिशत घटेर १ खर्ब ७१ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ६.२१ रुपैयाँ बढेर २०.३२ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.३४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २११.६० रुपैयाँ रहेको छ ।

बैंकको अघिल्ला त्रैमासको तुलनामा खराब कर्जा घटेको भएपनि अघिल्लो वर्षको तुलनामा भने सामान्य बढेको छ । अघिल्लो वर्ष २.०९ प्रतिशत रहेको खराब कर्जा २.४८ प्रतिशत पुगेको छ । बैंकका अनुसार आधार दर १०.०६ प्रतिशत, स्प्रेड दर ३.९४ प्रतिशत, कस्ट अफ फण्ड ७.५१ प्रतिशत र सीडी रेसियो ८१.७३ प्रतिशत रहेको छ ।

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक, एनक्यूआई स्पोर्ट्सको मूल्य ७८ हजार रुपैयाँ घट्यो

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक,...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:३४

  काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नाइयु (NIU) ले...

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय ११ युनिट बुकिङ, २५० डुअल सबैभन्दा धेरै बिक्री

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:२५

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा...

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...