CG Electronics
IME Life
NIMB

बीवाईडीले ५० लाख गाडी सार्वजनिक गर्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । बीवाईडीले ५० लाखौं गाडी सार्वजनिक गरेको छ । गत अगस्ट ( तारिखका दिन बीवाईडीको डेन्जा एन) गाडीले सो माइलस्टोन हासिल गरेको हो । यति धेरै न्यु इनर्जी भेइकल उत्पादनको लक्ष्य हासिल गर्ने बीवाईडी विश्वकै पहिलो कम्पनी समेत बनेको छ ।

बीवाईडीको ग्लोबल हेडक्वार्टरमा आयोजित एक कार्यक्रममा बीवाईडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाङ चान्फुले ५० लाखौ सवारी साधन सार्वजनिक गर्न पाउनु कम्पनीका लागि ऐतिहासिक क्षण भएको बताए । सो अवसरमा उनले कम्पनीलाई विश्वास गरी सो लक्ष्य हासिल गर्न सफल बनाउने सम्पूर्ण ग्राहक तथा अटोमोबाइल उद्योगका सहकर्मी एवं कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गरे ।

बीवाईडीले १० लाखौ न्यु इनर्जी भेइकल उत्पादनका लागि १३ वर्ष कुर्नुपरेको थियो । अर्को १८ महिनामा त्यस्ता ३० लाख र त्यसपछिको ९ महिनामै ५० लाख सवारी साधन उत्पादन गर्न सफल भएको छ ।

कम्पनीका लागि सन् २०२२ निकै नै उल्लेख्य रह्यो । यो वर्ष १८ लाख ६० हजार न्यु इनर्जी भेइकल बिक्री गर्न सफल भयो । सो कार्यले सन् २०२३ मा पनि निरन्तरता पाएको छ ।

 

जनवरी देखि जुलाई सम्मको अवधिमा १५ लाख सवारी साधन बिक्री गर्न कम्पनी सफल भएको छ । ती मध्ये ९२ हजार ४६९ सवारी साधन अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न कम्पनी सफल भएको छ, जुन सन् २०२२ को पुरै वर्षमा बिक्री गरिएको भन्दा बढी संख्या हो । जुलाई महिना सम्ममा बीवाईडीले विश्वभर ४८ लाख भन्दा बढी न्यु इनर्जी भेइकल बिक्री गरिसकेको छ ।

 

सन् २०१० देखि बीवाईडीले विश्वभर आफ्नो उपस्थिति बढाउदै गएको छ र सार्वजनिक यातायातका लागि न्यु इनर्जी बस र ट्याक्सी समेत उपलब्ध गराइरहेको छ । विश्वका ७० भन्दा बढी देशका ४०० भन्दा बढी सहरमा बीवाईडीले सार्वजनिक यातायातका इलेक्ट्रिक सवारी साधन उपलब्ध गराइरहेको छ ।

हाल विश्वका ५४ भन्दा बढी देशमा बीवाईडीका एट्टो ३ लगायतका न्यु इनर्जी भेइकल उपलब्ध छन् ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...