CG Electronics
IME Life
NIMB

आई. एम.ई लाइफ इन्स्योरेन्सको छैटौं वार्षिकोत्सवमा वित्तिय जनचेतनामूलक तालीम कार्यक्रम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । वित्तिय साक्षरताद्वारा युवा सशक्तिकरण गर्ने उद्देश्यका साथ आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले आज युवा दिवसको उपलक्षमा देशैभरि युवा लक्षित तालिम कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरुलाई सामान्य वित्तिय ज्ञान दिने उद्देश्यका साथ आई.एम.ई लाइफ इन्स्योरेन्सले शनिबार सातवटै प्रदेशका विभिन्न ४१ स्थानहरुमा उपरोक्त तालिम कार्यक्रम गरेको हो ।

आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर उक्त कार्यक्रम गरिएको हो । आई.एम.ई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारकोलागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो ।

मुलुकभर गरिएको वित्तिय जनचेतनामूलक कार्यक्रममा ३ हजार भन्दा बढी युवाहरु सहभागी भए । बीमा कम्पनीले एकैदिन ३००० भन्दा बढी युवालाई एकैपटक वित्तिय जनचेतनामूलक अभियान गरेको सम्भवतः यो पहिलो पटक हो ।

 

भाद्र १ गते आसन्न आफ्नो छैटौं वार्षिकोत्सव मनाउने क्रममा यस अघि आई. एम. ई. लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरुको बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षारोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा देशैभरि विभिन्न १३ स्थानहरुमा वृहत स्वास्थ्य शिविर कार्यक्रम गरेको थियो ।

 

आउँदा कार्यक्रमहरुमा भाद्र १ गते जीवन बीमाबारे जनचेतनाका लागि प्रभातफेरी कार्यक्रम तथा देशैभरि रक्तदान कार्यक्रमहरु गरि आफ्नो छैटौं वार्षिकोत्सव मनाउन गइरहेको आई. एम. ई. लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।
.

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...