CG Electronics
IME Life
Ncell NPL

निर्माण व्यवसायीले उठाएको मागको सम्बोधन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट उठाइएको मागको सम्बोधन गर्न निर्देशन दिएका छन् ।

 

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल पछि प्रधानमन्त्री दाहालले आवश्यक मागको सम्बोधन गर्न निर्देशन दिएका छन् ।

 

उनले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि कर लगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयहरूले आपसी समन्वयमा माग सम्बोधन गर्ने र निर्माण व्यवसायीहरूले उठाएका सार्वजनिक खरिद सम्बन्धी कानून संशोधन लगायतका अन्य मागहरूको सम्बन्धमा सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

उक्त निर्देशन बमोजिम सरोकारवालाहरूसँग आवश्यक छलफल परामर्श र समन्वय गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा विभिन्न विषयगत मन्त्रालयका सहसचिवहरू सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गठन पनि भएको छ ।

 

उक्त छलफलमा विषयगत मन्त्रालयका मन्त्री, सचिवसहित सरोकार निकायको सहभागिता रहेको थियो ।

 

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...