CG Electronics
IME Life
Ncell NPL

एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता घोषणा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आधारित रहेर एनसेल एपमा ‘एनसेल ईपीएललिग’ प्रतियोगिता घोषणा गरेको छ ।

प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन् ।

 

एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्ने कम्पनीले जनाएको छ । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लग इन गरि एपको माथिल्लो दायाँ कुनामा रहेको ह्याम बर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विन भित्र गई आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन् । ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ जबबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ ।

मुख्य पुरस्कारका रुपमा पहिलो पुरस्कार विजेताले वायर फ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउनेछ । दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायर फ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछ । त्यसै गरि तेस्रो विजेताले वायर फ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहिना २५० जीबी डेटा तीन महिनासम्म पाउनेछ ।

विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिने कम्पनीले जनाएको छ । यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ ।

धेरै अंकल्याउन सफल प्रतियोगिहरुलाई विजेता घोषित गरि साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान एनसेलले जनाएको छ । साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेताहरूलाई सबैभन्दा बढि प्राप्त गरेको अंकको आधारमा ९९८ पर्ने कम्बो प्याक प्रदान गरिने छ । यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन् जुन २८ दिनको लागि मान्य रहन्छ ।

विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत मार्फत प्रदान गरिनेछ । पूर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोलाप्रथाको आधारमा छनोट गरिनेछ । प्रतियोगितामा सहभागीहरुले विजयी टोली मिलाउन सफल भएमा ३ अंक र सहीगोल अर्थात स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्दछन् ।

यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकहरू मात्र भाग लिन योग्य छन् । ईपीएल खेलहरुको पूर्वानुमाननिश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ ।

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो: ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो: ११६ वर्षको...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:४०

काठमाडौँ, १० बैशाख २०८३ (बिहीबार): नयाँ वर्षको सुरुवातसँगै बढ्दो सुख्खायाम...

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा...

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:३७

  काठमाडौं। एन आई सी एशिया बैंक का ग्राहकहरूले अब...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:२४

  काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...