CG Electronics
IME Life
Ncell NPL

एभरेष्ट बैंकद्वारा शुलभ ब्याजदरमा घर तथा सवारी कर्जा योजना, “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आउँदै गरेको चाडपर्वहरू तिज, दशैं, तिहार र छठको अवसरमा नेपाली नागरिकका लागि ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ को सुरुवात गरेको छ।

भाद्र १ गते देखि लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ।

बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि १०० प्रतिशतसम्म बैंक लगानी रहने छ।

सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा प्राप्त गर्नुका साथै विद्युतीय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने छ। साथै व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा सेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ।

तीन महिनाको लागि लागू हुने ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिने छ।

बैंकका नायब महाप्रबन्धक गौरव कुमारले सम्पूर्ण ग्राहकहरुलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आव्हान समेत गरे।

बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आफ्ना १२७ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन।

देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा...

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:३७

  काठमाडौं। एन आई सी एशिया बैंक का ग्राहकहरूले अब...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:२४

  काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...