CG Electronics
IME Life
Ncell NPL

पूर्वाधार विकास समितिद्धारा ग्वार्को फ्लाई ओभरको अनुगमन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । पूर्वाधार विकास समितिले ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाई ओभरको अनुगमण गरेको छ ।

सोमबार समितिले काठमाडौं उपत्यकाको चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारको नीति तथा कार्यक्रमबमोजिम ललितपुरको ग्वार्को चोकमा निर्माण सुरु गरिएको फ्लाई ओभरको अनुगमन गरेको हो ।

अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले निर्माणको काममा ढिलाई भएको महसुस गरेको बताए । पहिलोपटक नेपाली कम्पनीले निर्माणको जिम्मा पाए पनि सरकारले विस्तृतमा नहेरी काम सुरु गरिएकाले समयमा सम्पन्न नहुने अवस्था देखिएको उनको भनाई छ ।

उनले भने, ‘कामचाहिँ अलि ढिला नै महसुुस गरेका छौं । डिजाइन स्वयम् कन्ट्रयाक्टरले नै गर्ने रहेछ तलतिर दलदल भएकाले काम ज्यादा भयो । यसरी पहिलोपटक नेपाली कम्पनीले कामको जिम्मा पाउँदा सरकारले पनि यसमा विस्तारमा नहेरी काम सुरु भएकाले समयमा काम होलाजस्तो मलाई लाग्दैन ।’

उनले ग्वार्को एक ठाउँमा जाम हुँदा सबै ठाउँमा जामको समस्या हुने भएकाले ठेकेदार पक्ष र नेपाल सरकारलाई चाँडो काम सम्पन्न गर्न समितिले दबाव दिने बताए ।

समितिले आजै कलंकी सडकको समेत अनुगमन गरेको छ ।

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:२१

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू...

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ।...

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...