CG Electronics
IME Life
Ncell NPL

एमालेको चियापान आज, नेकपा एसलाई पनि निम्तो

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेकपा एमालेले आज चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुनेछ ।

यसअघि एमालेले हिजो मंगलबार चियापान आयोजना गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम परेकाले चियापान आजका लागि सारिएको थियो ।

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख लगायतलाई आमन्त्रण गरिएको एमाले प्रचार विभागले जानकारी दिएको छ ।

एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीलाई पनि एमालेले चियापानमा निम्तो गरेको छ । यसअघि एमालेले एकीकृत समाजवादीलाई आफ्ना कुनै कार्यक्रममा पनि बोलाउने गरेको थिएन ।

चियापानमा एमालेले नेकपा एसका अध्यक्ष माधव नेपाल, महासचिव घनश्याम भुसाल र नेता झलनाथ खनाललाई पत्र काटेर नै चियापान समारोहमा निम्तो गरेको छ ।

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता : अन्जन श्रेष्ठ

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको...

वि.सं.२०८३ वैशाख २१ सोमवार २३:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले...

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न, गोल्फु नाम्सापुरानमा ‘ग्लान ङारदिम’ उद्घाटन, विधान पारित र तदर्थ समिति गठन

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न,...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:५४

  काठमाडौं। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको...

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले बिहीबार तेस्रो प्रदेश भाषा दिवस मनाउने, २ करोडभन्दा बढी बजेट व्यवस्थापन

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:३६

  काठमाडौं । बागमती प्रदेश सरकारले तेस्रो प्रदेश भाषा दिवस...

नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारण सभाको उदघाटन सत्रमा अध्यक्ष श्री चन्द्रप्रसाद ढकालद्धारा प्रस्तुत मन्तव्य

नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारण...

वि.सं.२०८३ वैशाख २१ सोमवार १५:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औ बार्षिक...

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न...

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४६

  काठमाडौँ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी...

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र...

वि.सं.२०८३ वैशाख २१ सोमवार ०९:४०

काठमाडौं । मन्त्रिपरिषद बैठक आज साढे १० बजे बोलाइएको छ...