CG Electronics
IME Life
Ncell NPL

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदको निर्वाचन आज, नेपालका डा.आचार्य र बंगलादेशकी हसिनाबीच प्रतिस्पर्धा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव नयाँदिल्लीमा आज हुँदै छ ।

मंगलबार भारतको नयाँदिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ । नयाँ क्षेत्रीय निर्देशक पदमा नेपाल र बंगलादेशले प्रतिस्पर्धामा गर्दैछन् ।

नेपालको उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद छिन् ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, मालदिभ्स, इन्डोनेसिया, उत्तर कोरिया, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य राष्ट्र रहेका छन् । यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् ।

उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्ने गर्दछन् । तर, यसपटक म्यानमानरले सहभागिता जनाउने छैन ।

म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाउने भएको हो । त्यसैले दक्षिण–पूर्वी एसिया १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गर्दैछन् ।

निर्देशक पदका लागि नेपाल बलियो दाबेदार हो । यो किनपनि भने नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यले हेल्थ सेक्टरमा लामो अनुभव संगालेका र डब्ल्यूएचओमा लामो समयदेखि कार्यरत छन् ।

बंगलादेशको उम्मेदवार भन्दा नेपालको उम्मेदवार बढी अनुभबी र योग्य भएपनि उनलाई जिताउन नेपालले गरेको कमजोर कुटनीतिक लबिइङले उक्त निर्वाचनमा प्रभाव पार्ने अधिकारीहरुले धारणा छ ।

बंगलादेशकी प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले बंगलादेशले कूटनीतिक लबिइङ तीव्र पारेको छ । भारतमा हुन गैरहेको निर्देशक चयनमा भारतले नेपाललाई मत दिने वा बंगलादेशलाई स्पष्ट नपारे पनि भारत बंगलादेशको पक्षमा उभिन सक्ने आँकलन भैरहेको छ ।

यसैबीच १४ जना विश्व प्रतिष्ठित स्वास्थ्य विशेषज्ञहरुले संयुक्त विज्ञप्ति मार्फत डब्ल्यूएचओको सेरो सदस्य राष्ट्रहरुलाई क्षेत्रीय निर्देशक चयन गर्दा राजनीतिभन्दा टाढा रहन अपिल गरेका छन् ।

संस्थालाई अनुभवी, प्राविधिक ज्ञानको गहिराई र पूर्वाग्रहविना सबैलाई समान रुपमा सेवा दिन सक्ने तटस्थ क्षेत्रीय निर्देशक चाहिने उनीहरुले धारणा राखेका छन् ।

संकीर्ण राजनीतिबाट जोगिएर सबै देशका लागि काम गर्न सक्ने सक्षम,द्विपक्षीय वाचा र राजनीतिक स्वार्थभन्दा बाहिर जान सक्ने, डब्ल्यूएचओलाई बलियो बनाउन, तटस्थता र राम्रो व्यवस्थापनको जनादेश पूरा गर्न सक्ने सक्षम व्यक्ति चयन गर्नुपर्ने विशेषज्ञहरुले माग गरेका छन् ।

उनीहरुले सक्षम नेतृत्व चयन गर्न नेपालको पक्षमा मतदान गर्न सहभागी राष्ट्रहरुलाई आव्हान गरेका छन् ।

संयुक्त अपिल जारी गर्नेहरुमा संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव तथा युनिसेफका उपकार्यकारी निर्देशक डा. कुलचन्द्र गौतम, भारतका पूर्व स्वास्थ्य सचिव सुजाथा राव लगायतका रहेका छन् ।

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता : अन्जन श्रेष्ठ

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको...

वि.सं.२०८३ वैशाख २१ सोमवार २३:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले...

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न, गोल्फु नाम्सापुरानमा ‘ग्लान ङारदिम’ उद्घाटन, विधान पारित र तदर्थ समिति गठन

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न,...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:५४

  काठमाडौं। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको...

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले बिहीबार तेस्रो प्रदेश भाषा दिवस मनाउने, २ करोडभन्दा बढी बजेट व्यवस्थापन

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:३६

  काठमाडौं । बागमती प्रदेश सरकारले तेस्रो प्रदेश भाषा दिवस...

नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारण सभाको उदघाटन सत्रमा अध्यक्ष श्री चन्द्रप्रसाद ढकालद्धारा प्रस्तुत मन्तव्य

नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारण...

वि.सं.२०८३ वैशाख २१ सोमवार १५:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औ बार्षिक...

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न...

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४६

  काठमाडौँ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी...

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र...

वि.सं.२०८३ वैशाख २१ सोमवार ०९:४०

काठमाडौं । मन्त्रिपरिषद बैठक आज साढे १० बजे बोलाइएको छ...