CG Electronics
IME Life
Ncell NPL

अर्थतन्त्रको दबाव हटाउन राष्ट्रिय गोलमेच गर्छौं : प्रधानमन्त्री

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र संकटमुक्त भइसके पनि दबावमुक्त हुन नसकेको बताएका छन् ।

बुधबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको दबाव हटाउनु सरकारको मुख्य प्राथमिकता भएको भन्दै यसका लागि राष्ट्रिय गोलमेचको तयारी गरेको बताए ।

उनले भने, ‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ । विदेशी मुद्राको सञ्चिति, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, बिप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं । अर्थतन्त्र अझै पनि दबावमुक्त भइसकेको छैन । अर्थतन्त्रको दवाव हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको छ ।’

सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाव हट्दैन भन्दै छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत बैठकको आयोजना गर्ने उनले बताए ।

‘बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको भन्दै परम्परागत ढंगले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने प्रधानमन्त्री दाहालले बताए ।

उनले भने, ‘नीति कार्यक्रम पेश गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ । लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल हुन्छ, अन्तरक्रिया हुन्छ र संशोधन पनि हुन्छ । तसर्थ, आगामी वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ । पहिला नीति, कार्यक्रम प्रस्तुत गर्ने, त्यसमाथि संसदभित्र र बाहिरसमेत गम्भीर बहस गरेर मात्र संशोधनसहित पारित गर्नुपर्छ । बजेट पनि प्रस्तुत हुने बित्तिकै हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्छ। यसपटक हामी बदल्छौं ।’

संघीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्तिहरू एक ठाउँ उभिएर त्यसलाई परास्त गर्ने उनको भनाई छ ।

उनले भने, ‘हिजो कोतपर्व, भण्डारखालपर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्तिहरू नै शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन् । जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ, त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ ।’

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न, गोल्फु नाम्सापुरानमा ‘ग्लान ङारदिम’ उद्घाटन, विधान पारित र तदर्थ समिति गठन

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न,...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:५४

  काठमाडौं। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको...

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले बिहीबार तेस्रो प्रदेश भाषा दिवस मनाउने, २ करोडभन्दा बढी बजेट व्यवस्थापन

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:३६

  काठमाडौं । बागमती प्रदेश सरकारले तेस्रो प्रदेश भाषा दिवस...

नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारण सभाको उदघाटन सत्रमा अध्यक्ष श्री चन्द्रप्रसाद ढकालद्धारा प्रस्तुत मन्तव्य

नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारण...

वि.सं.२०८३ वैशाख २१ सोमवार १५:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औ बार्षिक...

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न...

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४६

  काठमाडौँ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी...

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र...

वि.सं.२०८३ वैशाख २१ सोमवार ०९:४०

काठमाडौं । मन्त्रिपरिषद बैठक आज साढे १० बजे बोलाइएको छ...

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८५ हजार कित्ता

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख २१ सोमवार ०९:३६

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ...