CG Electronics
IME Life
Ncell NPL

संसद कार्यपालिकाबाट प्रभावित हुँदा जनताका मुद्दा ओझेलमा : रास्वपा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । कार्यपालिकाबाट व्यवस्थापिका संसद प्रभावित भएर गणितीय खेल चल्दा जनताका मुद्दा ओझेलमा परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ ।

पार्टीको संस्दीय समितिको सोमबार भएको बैठकका विषयमा जानकारी दिँदै प्रमुख सचेतक सन्तोष परियारले रास्वपाले महत्वपूर्ण विधेयकहरु संसदमा ल्याउन दबाब दिने बताए ।

उनले भने ‘हाम्रो संसदीय इतिहासमै यो दुःखलाग्दो अवस्था रह्यो । व्यवस्थापिका कार्यपालिकाबाट प्रभावित भयो । जसले गर्दा संसदमा कतिपय महत्वपूर्ण विधेयकहरु दर्ता नै हुन सकेनन्,’ उनले भने, ‘कतिपय आउदै आएनन् । आएकाहरु पनि कतिपय प्रक्रियामै अगाडि बढ्न सकेनन् ।’

दुइटा अधिवेशनमा एउटा मात्रै विधेयक अगाडि बढ्यो । त्यसका लागि रास्वपाले दबाब दिँदा मनी लाउन्ड्रिङको विधेयक अन्तिम अवस्थासम्म अगाडि आउन सम्भव भएको दाबी उनले गरे ।

महोत्तरीको जलेश्वरमा हालै भएको पार्टीको तीन दिने विस्तारित बैठकका विषयमा छलफलसँगै संसदको आगामी अधिवेशनको तयारीका लागि पार्टीको संसदीय दलको बैठक भएको जानकारी उनले दिए ।

संसदको आसन्न आगामी अधिवेशनको तयारीस्वरुप आयोजित बैठकमा पार्टी संसदीय दलको विधान र आगामी अधिवेशनको तयारी सम्बन्धमा छलफल गरिएको उनले बताए ।

संसारका विभिन्न मुलुकको विकासक्रम अध्ययन गर्दा आप्रवासमा रहेकाहरुको ठूलो योगदान रहेको पाइने हुनाले रास्वपाले बाहिर रहेका नेपालीको योगदान र आवश्यकतालाई पनि ध्यान दिएको उनले बताए । ‘

जो ठूलो संख्यामा बाहिर छ, जसले पठाएको विप्रेषणले हामी चलिरहेका छौं, त्यसैले हामी विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ भन्ने आवाज अगाडि लैजान प्रष्ट छौं,’ उनले भने ‘हामी विदेशमा रहेकाहरुले माया गरेको पार्टी पनि हो ।’

 

नेपालको बिमा क्षेत्र: कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र: कम्पनी घटे पनि कारोबार...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका अनुसार...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले...

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै बालबालिकामा लगानी गर्न जोड

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:१४

काठमाडौं । बाल पोषण भत्ता सबै जिल्लामा बिस्तार गर्न तथा...