CG Electronics
IME Life
NIMB

ग्लोबल आईएमईले डिजिटल कारोबार ८० प्रतिशत पुर्याउने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंकको सम्पूर्ण सेवाहरु डिजिटल बैंकिङ प्रविधिमार्फत् गर्दै आगामी आर्थिक वर्षमा डिजिटल कारोबार ८० प्रतिशतसम पुर्याउने बताएका छन् ।

आज काठमाडौंमा जारी ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभामा उनले बैंकको सेवालाई कार्यालय समयपछि पनि प्रदान गर्ने गरी कार्य विस्तार गर्न व्यवस्थापनलाई आग्रह पनि गरे ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, ‘ग्लोबल आईएमई बैंकले अफिस समयपछि पनि ग्राहकका लागि दिने सेवालाई अझै प्रभावकारी बनाउनका लागि कार्यकारी प्रमुखज्यूलगायत सम्पूर्ण म्यानेजम्याटलाई आग्रह गर्छु ।’

अध्यक्ष ढकालले बैंकलाई कागजबिहीन बनाउने उल्लेख गर्दै बैंकले लिएको सम्पूर्ण सेवा डिजिटल बैंकको प्रविधिमार्फत् गर्दै अगाडि बढ्ने नीतिलाई निरन्तरता दिएर आगामी वर्ष बैंकको ८० प्रतिशत कारोबार डिजिटल रुपमा वृद्धि गर्ने लक्ष्य लिएको बताए ।

उनले भने, ‘आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने नीति लिएकाले बैंकले छुट्टै डिजिटल इकाई गठन गरी आवश्यक पूर्वाधार खडा गरेर कार्य गर्दै आएको छ । प्रविधिको प्रयोगबाट हुने लाभको सुक्ष्म विश्लेषण गर्दै सम्पूर्ण बैंकिङ सेवाहरु डिजिटल बैंकिङ प्रविधिमार्फत प्रदान गर्दै कारोबारलाई अगाडि बढाउने नीतिलाई निरन्तरता दिइने छ ।’

हाल बैंकको कूल कारोबारको संख्याको ७३ प्रतिशत डिजिटल हुने कारोबारमा आगामी आर्थिक वर्षमा कारोबार संख्यालाई बढाएर ८० प्रतिशतसम्म माथि पुर्याउने लक्ष्य रहेको उनले बताए ।

साधारण सभामा शेयरधनीहरुले बैंकको डिजिटल सेवालाई शतप्रतिशत बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । शेयरधनिले बैंकले आफ्नो आकारलाई बढाएर बलियो बनाएकोमा प्रशंसासँगै ठूला सँगै साना लगानीकर्तालाई पनि ध्यान दिनुपर्ने सुझाब दिएका छन् ।

ग्लोबल आईएमईले शेयरधनिलाई १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...