CG Electronics
IME Life
NIMB

स्थानीय सरकारको संरचनालाई कानूनतः जिम्मेवार र जवाफदेही बनाउने मार्ग तय गरेका छौं : उपप्रमुख डंगोल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारको हैसियतले भ्याएसम्म संरचनागत, नीतिगत, कानूनी, प्रशसनिक तथा व्यवस्थापकीय कार्य सम्पादन गर्न महानगरपालिका सफल भएको बताएकी छन् ।
शुक्रबार महानगरको २९ औँ स्थापना दिवस विशेष कार्यक्रममा स्थानीय तहले पाएको अधिकारलाई संस्थागत गर्दै स्थानीय तहलाई जिम्मेवार र जवाफदेही बनाउने बाटो तय गरिरहेको बताउँदै उपप्रमुख डंगोलले महानगरमा पारदर्शिता कायम गर्न प्रतिबद्ध रहेको बताइन् ।

‘स्थानीय सरकार अन्र्तगतका संस्थागत संरचनालाई कानूनतह जिम्मेवार र जवाफदेही बनाउने मार्ग तय गरिरहेका छौं । आवश्यक विषय र क्षेत्रगत नीति तथा कार्यक्रम तर्जुमा गरी योजना र परियोजना निर्माण गर्नु, सेवा प्रवाहमा अधिकतम प्रविधिको प्रयोग गने तथा महानगरबासीप्रति उत्तरदायी शासकिय पद्धति आत्मसाथ गर्दै पारर्दशि शासन प्रसाशन सञ्चालन गर्ने दिशामा हामी निर्देशित छौं,’ डंगोलले भनिन् ।

उनले नयाँ नेतृत्वले जिम्मेवारी लिएपछि विगतबाट सञ्चालन हुँदै आएका कतिपय कार्यक्रमलाई निरन्तरता दिएर सिघ्र काम सम्पन्न गर्दै आएको, नवीन, सिर्जनात्मक, शहरी सुशासन स्थापना गर्न विभिन्न कार्यक्रमको सुरुआत गरेको समेत उल्लेख गरिन् ।

महानगरको नगर सभा, कार्यपालिका, सचिवालयल, विभाग तथा वडा स्तरबाट सम्पादन हुने कामलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताउँदै डंगोलले महानगर भित्रका विभिन्न विषयगत समितिको कामलाई थप प्रभावकारी र सक्रिय बनाएर लैजाने जानकारी दिईन् ।

उनले भनिन्, ‘हाम्रो विशेष प्राथमिकता भनेको महानगरको नगर सभा, कार्यपालिका, विभिन्न सचिवालयल, विभाग तथा वडा स्तरबाट सम्पादन हुने कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु हाम्रो प्राथमिकता हो । नगर सभा र कार्यपालिका अन्र्तगत विषयगत समितिहरुको भूमिकालाई थप प्रभावकारी र सक्रिय बनाउनका लागि हामी निरन्तर अगाडि बढेका छौं ।’

उपप्रमुख डंगोलले नगरसभाबाट कानून जारी गरी समितिहरुको अधिकारलाई थप प्रभावकारी बनाउँदै लगेको जानकारी दिइन् ।

उनले भनिन्, ‘हामीले विषयगत समितिहरुको कामलाई थप प्रभावकारी र जिवन्त बनाउन निरन्तर प्रयास गरिरहेका छौं । र संस्थागत पद्धतिको विकास पनि गरिहरेका छौं । विशेषगरी नगरसभाबाटै कानून जारी गरि समितिको अधिकारलाई थप प्रभावकारी बनाउँदै अघि बढाइरहेका छौं ।’

 

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...