CG Electronics
IME Life
NIMB

सिटिजन लाइफ इन्स्योरेन्सले एकैदिन घातक रोग र मृत्यु बापतको दाबी भुक्तानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैदिन घातक रोग र मृत्यु बापतको बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीको विजुवार शाखाले एक कार्यक्रमको आयोजना गर्दै घातक रोग बापत ९ लाख ५७ हजार र मृत्यु बापत १४ लाख रुपैयाँ बीमितहरुलाई हस्तान्तरण गरेको जनाएको छ ।

कम्पनीले प्युठान नगरपालिका २ साढेखोला निवासी स्तन क्यान्सर पीडित तुलसा कुवँरलाई र झिमरुक गाउँपालिका २ बादिकोटका एकजना मृतकका परिवारलाई मृत्यु बापतको दाबी भुक्तानी गरेको उल्लेख गरेको छ ।

कम्पनीले प्युठान नगरपालिका २ का वडाध्यक्ष मोहोन सिंह बिष्ट, वडा नं. ४ का वडाध्यक्ष रेशम कार्की, क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मण मरासिनी तथा लिडरहरुका उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको विजुवार शाखा प्रमुख दिनेश कार्कीले जानकारी दिए ।

बीमित तुलसा कुवरले बिना झन्झट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरिन् । साथै उनले उपस्थित समयमा नै बीमा गर्ने सल्लाह समेत दिइन् ।

 

कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले आर्थिक जोखिमको सुरक्षाको लागि जीवन बीमा अपरिहार्य रहेकोले आफ्नो क्षमता अनुसारको बीमा गर्नुपर्ने बताए । साथै २ नं. वडावासीहरुलाई पनि बीमासम्बन्धी जनचेतना फैलाउने समेत अध्यक्ष बिष्टले भनाई राखेका थिए ।

त्यस्तै ४ नं. वडाध्यक्ष रेशम कार्कीले पनि बीमासम्बन्धी आर्थिक अवस्थामा बलियो रहेको थाहा भएको र गराएको बताउदै अबको समयमा न्युन अवस्थामा रहेको वडाबासीमा पनि बीमा सचेतना जगाउने बताए ।

कार्यक्रममा क्षेत्रीय शाखा प्रवन्धक लक्ष्मण मरासिनी, बिजुवार शाखा प्रबन्धक दिनेस कार्की, सिटिजन स्टार, एजेन्सी म्यानेजर लगायत अन्य एजेन्सीहरुको उपस्थिती रहेको थियो ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...