CG Electronics
IME Life
NIMB

यार्सा टेकले जित्यो इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३

NIMB
Himalayan Bank

 

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “यार्सा टेक प्रालि” लाई “इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३“ को विजेता घोषणा गरेको छ । इनड्राइभले, प्रतिष्ठित आईसीटी अवार्ड २०२३ को लागि साझेदारी गरेको थियो, जसले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने आफ्नो प्रतिबद्धतालाई जनाएको छ ।

इनड्राइभ, प्राविधिक विकासहरू तथा ड्राइभिङको लागि प्रतिबद्धताका लागि प्रख्यात रहेको छ र आईसीटी अवार्ड २०२३ सँग आफूलाई साझेदारी गर्न पाउँदा गौरवान्वित छ, जसले सकारात्मक विचार र नवीन स्टार्टअपहरू मनाउने प्लेटफर्मको रूपमा काम गर्दछ ।

इनड्राइभका एपीएसीका पीआर लिड पवित नन्दा आनन्दले भनिन्, “इनड्राइभले आईसीटी अवार्ड २०२३ संग साझेदारी गर्न पाउँदा सम्मानित महशुस गरेको छ । इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूका लागि पहिचान र सशक्तिकरणको महत्त्व बुझ्दछ, र अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूका उपलब्धिहरूलाई प्रकाश पार्ने कार्यक्रममा योगदान दिन पाउँदा हामी गर्व गर्छौं, हामी इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३ को सबै विजेताहरुलाई पनि बधाई दिन चाहन्छौं ।“

आईसीटी अवार्ड उदीयमान प्रतिभाहरूको पहिचान र प्रदर्शन गर्न, उनीहरूलाई उद्योगमा महत्त्वपूर्ण प्रगति गर्न आवश्यक पर्ने एक्सपोजर र समर्थन प्रदान गर्ने भूमिकाका लागि प्रख्यात रहेको छ । इनड्राइभले प्राविधिक विकासमा स्टार्टअपहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिन्छ र भिजनसहितका आगामी पुस्तालाई समर्थन गर्न समर्पित रहेको छ ।

आईसीटी अवार्ड २०२३ का अध्यक्ष राजन लम्सालले भन्नु भयोे, “हामी इनड्राइभलाई आईसीटी अवार्ड २०२३ को “इन एसोसिएसन पार्टनर“ को रूपमा अनबोर्ड गर्न पाउँदा उत्साहित छौ ं। प्रविधिको उन्नतिप्रतिको इनड्राइभको प्रतिबद्धता, आईसीटी सेक्टरमा नवीन स्टार्टअपहरूलाई पहिचान र उत्थान गर्ने लक्ष्य र हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल खान्छ । इन्ड्राइभको सहयोगले निस्सन्देह यस वर्षको अवार्डको सफलतामा योगदान पु¥याएको छ, र हामी विश्वव्यापी रूपमा उत्कृष्ट स्टार्टअपहरूको वृद्धि र पहिचानलाई थप प्रोत्साहन दिने सहयोगी प्रयासको लागि तत्पर रहेका छौं ।“

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...