CG Electronics
IME Life
NIMB

महत्त्वाकाङ्क्षी सिरिज ‘खेल’को शुभमुर्हत, सुरक्षाको प्रमुख अभिनय

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ। विश्वका ठुला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउने महत्त्वाकाङ्क्षी नेपाली सिरिज ‘खेल’को शुभमुर्हत गरिएको छ । सोमबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकारहरू तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो ।

बलिउडका दर्जन बढी चलचित्रमा सह निर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने यस सिरिजमा अभिनेत्री सुरक्षा पन्तले प्रमुख अभिनय गर्दै छिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको अभिनय रहनेछ । सिरिज काठमाडौँ भित्र करिब एक महिना छायाङ्कन हुनेछ । निर्देशक प्रधानले एक सय वर्ष अगाडीको काठमाडौँको सेटअपमा पुरै सिरिज छायाङ्कन हुने बताए ।

विश्वभर लोकप्रिय रहेको ओटीटी प्लेटफर्म ‘नेटफ्लिक्स’को प्राविधिक मूल्याङ्कनमा आधारित रही बन्ने यो सिरिजको पहिलो सिजन पाँच शृङ्खलाको हुने प्रधानले बताए । प्रधानले आफूलाई नेटफ्लिक्सले आफ्नो गुणस्तरमा सिरिज बनाई पेस गरेपछि मूल्याङ्कन गरी रिलिज गर्ने जानकारी दिए । नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेका केही बलिउड चलचित्रमा काम गरेका उनले नेपाली कन्टेन्टको लागि नेटफ्लिक्सले अग्रिम लगानी नगरी पछि मूल्याङ्कन गरी रिलिजबारे निर्णय लिने बताएपछि आफूले सोही अनुरूप सिरिजमा काम गरिरहेको बताए । यसको लागि क्यामेरा लेन्स सहित केही छायाङ्कन सामग्रीहरू भारतबाट ल्याइएको बताए ।

पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चार जना साथीहरूको कथा रहनेछ । संसारभर बोलीचालीमा जुनसुकै भाषा प्रयोग हुने भएता पनि चलचित्रको कुनै भाषा नहुने भएकोले ‘खेल’लाई विश्वका सबैले हेर्न सक्ने प्रधानले बताए । एक दशक अगाडी बलिउडको चर्चित चलचित्र ‘बर्फी’मा इन्टर्न गरी चलचित्र यात्रा सुरु गरेका दार्जिलिङ निवासी निर्देशक प्रधानले बलिउडका चर्चित चलचित्रहरू ‘जग्गा जासुस’, ‘बादशाहो’, ‘हिट: द फर्स्ट केस’ ‘धक धक’ लगायतका चलचित्र तथा सिरिजमा सह निर्देशन गरेका छन् ।

सिरिज अभिनेत्री सुरक्षा पन्तले आफू पहिलेदेखि नै ओटीटीको वकालत गर्दै आएको बताइन् । उनले अब बन्ने चलचित्र तथा सिरिजहरू हलमा मात्र सीमित हुन नहुने बताउँदै नेटफ्लिक्सको गुणस्तर र लक्ष्यमा बनिरहेको सिरिजमा काम गर्न पाउँदा खुसी रहेको जनाइन् । सिरिजमा आफ्नो भूमिकाबारे बताउँदै उनले भनिन्, “अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु । कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ ।”

सिरुपाते कट्स प्रालिले निर्माण गर्ने यस सिरिजका निर्माताहरू आशिष राज महर्जन र लेविस राज महर्जन हुन् भने सह निर्माता कुनाल गुरुङ हुन् । निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन् । यसका सिनेमाटोग्राफर रोशन राई हुन् । राईले पनि बलिउडका केही चलचित्रमा सिनेमाटोग्राफी टिममा रहेर काम गरेका छन् । सिरिजमा एलेक्स बसुकलाको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, आस्था श्रेष्ठको सह निर्देशन रहनेछ भने यम प्रसाद ओली प्रोडक्सन विभाग प्रमुख हुन् ।

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...