CG Electronics
IME Life
Ncell NPL

सिद्धार्थ बैंक २२औं वर्षमा प्रवेश

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । सिद्धार्थ बैंक २१औं वर्षपार गरी २२औं वर्षमा प्रवेश गरेको छ । २१ वर्ष अघि १७औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिद्धार्थ बैंक २१ वर्ष पुरा गरेर २२औं वर्षमा प्रवेश गरेको हो ।

बैंक संचालनको २१ वर्ष पुरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंक संचालक समितिका अध्यक्षमनोज कुमार केडिया, संचालक समितिका सदस्यहरु, पूर्व संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।

बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्ष सम्मको यात्रालाई समेटि तयार पारेको ‘कफी टेबल बुक’, यसै कार्यक्रममा सार्वजनिक गरेकोे छ । यसै कार्यक्रम माझ बैंकले आफ्ना पूर्व संचालक समितिका सदस्यहरु एवं पूर्व प्रमुख कार्यकारी अधिकृतहरुलाई सम्मान गर्नुका साथसाथै बैंकमा कार्यरत रहि १५ वर्ष पुरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको छ ।

त्यसै गरी बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । बैंकका अनुसार सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो । ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढि ग्लय मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । साथै, यस कार्ड प्रयोगकर्ताहरुलाई आउँदा दिनहरुमा थप सुविधाहरु पनि उपलब्ध गराउने योजना बैंकको रहेको छ ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै ‘फ्रि फोर’ र ‘लग वीन’ योजना पनि बैंकले सार्वजनिक गरेको छ । यस योजना सम्बन्धी विस्तृत जानकारी र शर्तहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

यहि अवसरमा बैंकले देशका विभिन्न स्थानहरुस काठमाडौं, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु गरी २९६ जना रक्तदाताहरुको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५ ग्राम वाइ वाइ क्लासिकको मूल्य रु ३०

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १५:१९

  काठमाडौं । वाइ वाइ उत्पादनको चार दशक पूरा भएको...

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ११:२४

काठमाडौं – नेपाली उपभोक्ताका लागि टिकाउपन र विश्वसनीयता सधैं पहिलो...

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ आकर्षक प्याकेजहरू घोषणा

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:१०

  काठमाडौं, बैशाख १० — नेपाल टेलिकमले “समर अफर २०८३”...

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ०९:४५

  काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको...

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई लक्षित गर्दै ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई...

वि.सं.२०८३ वैशाख १० बिहीवार २३:०८

  काठमाडौं, १० वैशाख २०८३ — डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने...

रमादा बाईविन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

रमादा बाईविन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको...

वि.सं.२०८३ वैशाख १० बिहीवार २३:०४

  काठमाडौं, नेपाल – २३ अप्रिल २०२६ –रमादाबाईविन्धामइटहरीले पृथ्वी दिवसको...