CG Electronics
IME Life
NIMB

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५ ग्राम वाइ वाइ क्लासिकको मूल्य रु ३०

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । वाइ वाइ उत्पादनको चार दशक पूरा भएको अवसरमा सीजी फुड्स नेपालले ‘वाइ वाइ क्लासिक’ बजारमा ल्याएको छ । कम्पनीले “उही स्वाद, उही याद” भन्ने नारासहित वाइवाइ क्लासिकलाई सार्वजनिक गरेको हो ।

७५ ग्रामको वाइवाइ क्लासिक प्याकेटको मूल्य रु. ३० निर्धारण गरिएको छ । वाइवाइको मौलिक स्वादलाई जोगाउँदै वाइ वाइ क्लासिकलाई अझ परिस्कृत रूपमा उपभोक्ता माझ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । साथै, यसमा डिहाइड्रेटेड भेजीटेबल र चिली फ्लेक्स समावेश गरिएकोले स्वादलाई अझ सन्तुलित बनाएको कम्पनीको दावी छ ।

वाइ वाइ नेपाली उपभोक्ताको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको ब्रान्ड हो । विद्यालयको टिफिनदेखि रातिको खाजासम्म, होस्टेलदेखि घरको भान्सासम्म यो हरेक पुस्तासँग जोडिएको छ ।

सीजी फुड्सका बिजनेस हेड उपेन्द्र प्रधानले वाइ वाइ नेपाली घर–परिवारको विशेष हिस्सा रहँदै आएको उल्लेख गर्दै वाइ वाइ क्लासिकमार्फत नेपाली उपभोक्ताको पुरानो अनुभव र भावनासँग पुनः जोडिन खोजिएको बताए ।

कम्पनीले वाइ वाइ क्लासिकमार्फत उपभोक्ताहरूको वाइ वाइसँगको पुराना रमाइला पलहरू तथा सम्झनालाई पुनः जीवन्त बनाउने विश्वास व्यक्त गरेको छ ।

नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वाइवाइ अहिले विश्व बजारको ४ प्रतिशत हिस्सा सहित अत्यधिक रुचाइएको नेपाली चाउचाउ हो ।

हरेक वर्ष झण्डै २० प्रतिशतले वृद्धि भइरहेको यसको अन्तर्राष्ट्रिय बजार विस्तारले नेपाली उत्पादन पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाणित गर्दै आएको छ ।

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...