CG Electronics
IME Life
Ncell NPL

गण्डकी प्रदेशका विकास तथा पर्यटन पुर्वाधारको पूर्णता र शीघ्र सञ्चालनका लागि अध्यक्ष ढकालको आग्रह

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गण्डकी प्रदेशका विकास तथा पर्यटन पूर्वाधारको पूर्णता तथा शीघ्र सञ्चालनका लागि आग्रह गर्नु भएको छ ।

आज बागलुङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा काली गण्डकी कोरिडोर र मध्य पहाडी लोक मार्गको विकासले समग्र गण्डकी प्रदेश तथा बागलुङ जिल्लाको समृद्धिमा ठुलो टेवा पुग्ने बताउनु भयो ।

गण्डकी प्रदेश भौतिक रूपमा दुई ठुला छिमेकी भारत र चीनसँग जोडिएको तथा पोखरा, मनाङ, मुस्ताङ, काल गण्डकी र हिमाल देखि लिएर बागलुङको ढोरपाटनजस्ता कैयौँ अद्वितीय पर्यटकीय क्षेत्रहरू समेटिएकाले यसबाट फाइदा लिन थप प्रयत्न गर्नु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो । दक्षिणी छिमेकीको करिब एक अर्ब मानिसको आस्थाको केन्द्र मुक्तिनाथ मुस्ताङ प्रवेश गर्ने गेट वे पनि बागलुङ भएकाले यसको थप प्रवर्द्धन गर्नु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

भारत र चीन जस्ता निकट छिमेकीको जनसङ्ख्या पौने ३ अर्ब छ । नजिकैको ठुलो पर्यटन बजार हुनु ठुलो अवसर हो । त्यसैले यस क्षेत्रमा पर्यटन पूर्वाधारको निर्माणले हवाई र स्थल मार्गबाट थप पर्यटक भित्र्याउन सकिने यथार्थलाई मनन गरेर प्रदेश सरकारले ध्यान पुर्‍याउनु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

कोरोला नाकाको स्तरोन्नति र अधिकतम प्रयोग एवं पूर्ण सञ्चालनका लागि बागलुङ जिल्ला र गण्डकी प्रदेशका व्यवसायीहरूले पहल लिनु पर्ने समय आएको पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो । बेइजिङको समृद्धि भित्र्याउने र स्थानीय उत्पादन चीन तर्फ निर्यात गर्न कोरोला नाका प्रभावकारी हुने भएकाले सङ्घीय सरकार सगसगै प्रदेश सरकारले पनि अग्रसरता लिनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

बागलुङको पर्यटकीय सम्भावनाको चर्चा गर्दै अध्यक्ष ढकालले पोखरा आएका कम्तीमा पनि आधा पर्यटक पर्वत, बागलुङ बास बस्दै मुस्ताङ पुर्‍याउन सकिने योजना बनाएर काम गर्ने गरी जुट्न पनि अध्यक्ष ढकालले स्थानीय व्यवसायीहरुलाइ आग्रह गर्नु भयो ।

पर्यटन प्रवद्र्धनबाट नै स्थानीय उत्पादन र उद्यमशीलताको पनि विस्तार र विकास गर्न सकिन्छ भन्ने तथ्य बुझेर आवश्यक पर्यटन पूर्वाधारको निर्माण गरी छिमेकको विशाल पर्यटन बजारलाई आकर्षित गर्नु पर्ने पनि अध्यक्ष ढकालले बताउनु भयो ।

सो अवसरमा अध्यक्ष ढकालले बागलुङ महोत्सवमा समुद्घाटनमा सरिक हुनु भएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाइ नेपालका समग्र उद्योगी, व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र यस महोत्सवको मुख्य आयोजक जिल्ला उद्योग वाणिज्य संघ, बागलुङका तर्फबाट धन्यवाद समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष ढकाल सम्मानित :
बागलुङ महोत्सवका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित हुनु भएको छ ।

महोत्सवको उद्घाटन समोरोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अध्यक्ष ढकाल सम्मानित हुनु भएको हो । राष्ट्रपति पौडेलले अध्यक्ष ढकाललाई सम्मानपत्र प्रदान गर्नु भयो ।

बागलुङमा जन्मेर निजी क्षेत्रको एक मात्र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको सफल नेतृत्व गर्नु भएको र आइएमई ग्रुपबाट उद्योग, पर्यटन, बैकिङ, उर्जा लगाएतका क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएकोमा अध्यक्ष ढकाललाई सम्मान गरिएको सातौँ बागलुङ महोत्सवका संयोजक नरेश कँडेलले जानकारी दिनुभयो ।

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...