CG Electronics
IME Life
Ncell NPL

बुद्धको धातु मूर्तिको प्रतिष्ठा पूजा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

पोखरा । पोखराको नारायण स्थानस्थित मैत्री संघ भवनमा धातुको बुद्ध मूर्ति राखिएको छ । मूर्तिको श्रदेय भिक्षु संघको सानिध्यमा एक समारोहबीच प्रतिष्ठा पूजा गरिएको छ ।

दिंवगत श्रीमती चन्द्रवती उदासको स्मृतिमा पति राधेश्याम उदास तथा छोराबुहारी गौतम, शान्ति श्रेष्ठ, एवम् उदास परिवारले मूर्ति सौजन्य गरेका हुन् ।

मैत्री संघका अध्यक्ष राधेश्याम उदासको अध्यक्षतामा भएको प्रतिष्ठा पूजा कार्यक्रममा परियती उदय विहारका प्रमुख, विमल धम्म मैत्री संघका अध्यक्ष राधेश्याम उदास र पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले संयुक्तरुपमा दीप प्रज्वलन गरि पूजा गरे ।

कार्यक्रममा धर्मशिला बुद्ध विहार दायकसभाका अध्यक्ष श्याम शाक्य, बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ, लक्ष्मीनारायण मन्दिरका अध्यक्ष महेश पराजुली, धर्मोदय सभाका अध्यक्ष चन्द्रलक्ष्मी गुभाजु, राधाकृष्ण मन्दिरका अध्यक्ष बन्धुराज पराजुली, पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदास लगायतले बोलेका थिए ।

विसं. १९६० को दशकतिर स्व. रत्नमान खरदारले जीर्णोद्धार गरेको चैत्य २०५२ सालमा पुनर्निर्माण भएको थियो । चैत्यको संरक्षण र बुद्धको व्यवहारिक शिक्षालाई प्रचार गर्न २०५३ सालमा मैत्री संघको स्थापना भएको थियो । मैत्री संघले निःशुल्क बाल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...