Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निश्कासन

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवर्द्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’ को सार्वजनिक निश्कासन आजबाट सुरु भएको छ । यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट मंसिर २१ गते प्राप्त भएको थियो । यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेकोेछ र यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक को रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

 

योजनाको सार्वजनिक निश्कासन माघ २ गते देखि छिटोमा माघ ५ र ढिलोमा माघ १६ गते सम्म रहनेछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानीका गर्न सकिनेछ । लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सकिनेछ । योजनाको विवरण पुस्तिका एनआइएमबी एस क्यापिटल लिको वेव साईट (www.nimbacecapital.com) तथा नेपाल धितोपत्र बोर्डको वेव साईट (www.sebon.gov.np) मा समेत राखिएको छ ।

‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत संचालनमा रहेको र ‘एनआईबिएल समृद्धि फण्ड –१’ आफ्नो ७ वर्ष समयावधि पूरा भई परिपक्क भईसकेको र हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड , एनआईबिएल समृद्धि फण्ड –२ तथा एनआईबिएल ग्रोथ फण्ड समेत संचालनमा रहेको छ । साथै नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागीता फण्ड’ पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ ।

‘एनआईबिएल स्टेवल फण्ड’ का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधि सम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

 

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता...

वि.सं.२०८१ माघ ४ शुक्रवार ०८:०४

  काठमाडौँ। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको...

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...