Global IME Bank Limited
Everest Bank
Nmb bank

लक्ष्मी सन्राइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

 

काठमाडौं । मनोजकुमार भट्टराईसहित चारजना लक्ष्मी सन्राइज बैंकको सञ्चालक निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालक निर्वाचित भएका हुन् ।

उनी बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई बैंकिङ र बीमा साढे ३ दशक लामो अनुभव भएका व्यक्तित्व हुन् । उनले प्रमुख कार्यकारी अधिकृतको रुपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

उक्त साधारण सभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ । सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिका सोही दिन सम्पन्न बैठकले रमण नेपाललाई कम्पनी सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ ।

उक्त साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:३४

  काठमाडौं । नेपाली जीवन बीमाको इतिहासमा कोसेढुंगा बनेको नेशनल...

हिमालयन बैंकको नगद संकलन काउन्टर टेकु अस्पतालमा

हिमालयन बैंकको नगद संकलन काउन्टर टेकु अस्पतालमा

वि.सं.२०८० फागुन ९ बुधवार २३:४९

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा...

माछापुच्छ्रे बैंकले गर्यो भीडियो केवाईसी सेवाको शुभारम्भ

माछापुच्छ्रे बैंकले गर्यो भीडियो केवाईसी सेवाको शुभारम्भ

वि.सं.२०८० फागुन ९ बुधवार ०६:१६

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी...

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग प्रदान

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग प्रदान

वि.सं.२०८० फागुन ९ बुधवार ०५:४१

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान...

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापर मेला सुरु, ७५ प्रतिशतसम्म छुटको व्यवस्था

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापर मेला सुरु,...

वि.सं.२०८० फागुन ९ बुधवार ०२:५०

काठमाडौं । भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला...

एलआइसी नेपालले आफ्ना अभिकर्तालाई दियो उत्प्रेरणामुलक प्रशिक्षण

एलआइसी नेपालले आफ्ना अभिकर्तालाई दियो उत्प्रेरणामुलक प्रशिक्षण

वि.सं.२०८० फागुन ८ मंगलवार १०:१७

  काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले...