Global IME Bank Limited
Everest Bank
Nmb bank

डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

काठमाडाैं । खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ ।

२०१७ मा माेबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी सेवास‍म्मको काराेबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ ।

सबै नेपालीका लागि वित्तीय समावेशीकरणकाे उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिनुभएकाेमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाए, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेकाे छ ।

निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारकाे करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबारद्वारा लाखाैँ प्रयाेगकर्ताहरूको जनजिवन सहज बनाईरहेकाे छ भने एक लाख भन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रतक्ष रूपमा खल्तीकाे डिजिटल भुक्तानि सेवा बाट लाभान्वित भइरहेका छन् ।

आफ्नाे स्थापनाकाे छाेटाे अबधीमा नै‍ खल्तीले करिब ४० लाख भन्दा बढी प्रयोगकर्ता, एक लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट, ५० बढी बैंक तथा वित्तीय संस्था र १५ सय सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको छ ।

खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि ISO २७००१:२०१३ प्रमाणिकरण गरेको छ भने हालै मात्र देशकै सबै भन्दा बढि डिजिटल भुक्तानि काराेबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मानित भएको छ ।

खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वालेट मात्र नभई ‘योङ एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ ।

यसका लागि खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण, खल्ती सुरक्षा, इभेन्ट टिकटिङ, भोटिङ, मुभी टिकटिङ, ‘खल्ती प्राे’ , ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ। आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्ने कुरा बताएको छ ।

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्का भन्छन्, ‘सुरुवाती चरणदेखि नै खल्ती सम्पूर्ण नेपालीलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने प्रतिबद्धताका साथ अघि बढाएको छ । आजको दिन सात वर्षको यात्रा सम्म आइपुग्दा आधारभूत उपयोगिता भुक्तानीबाट सुरु गरेको हाम्रो यात्रा आजको दिनमा घरमै बसेर अधिकांश सेवाहरू लिन मिल्ने व्यवस्था सम्म पुर्याउन सफल भएका छौं । अबको हाम्रो प्रतिबद्धता खल्तीलाई फाइनान्सिएल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकोले हामी त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नब‍भई लगानी तथा आफ्नाे वित्तिु‍य व्यवस्थापन गर्ने प्लेटफर्मकाे रुपमा स्थापित गर्न विभिन्न नवीन सेवाहरू थपी आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध छ ।’

साताैँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघ देखि १८ माघसम्म पहिलाे बैंक लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई ७७ काे क्यासब्याक को अफर उपलब्ध गराएको छ ।

यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ । यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै : खल्ती ब्यालेन्स , खल्ती पाेईन्ट , कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन् ।

‘खल्ती जर्नी’ मा १ देखि ७ वर्ष को शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य ताेकिएकाे छ । सोही अनुसारकाे चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन् । भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ट्रान्सफर, भाेटिङ , दामी क्यु आर र फ्री विड्र बैंक खाता सेटअप जस्ता खल्ती विशेष ईनाेभेसनहरूको चरण पार गर्न गर्दै रिवार्डकाे लाभ उठाउन सक्नेछन् । साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै विभिन्न अफर तथा उपहार पनि आफ्नो ६ औँ वार्षिकोत्सव कै उपलक्षमा उपलब्ध गराएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:३४

  काठमाडौं । नेपाली जीवन बीमाको इतिहासमा कोसेढुंगा बनेको नेशनल...

हिमालयन बैंकको नगद संकलन काउन्टर टेकु अस्पतालमा

हिमालयन बैंकको नगद संकलन काउन्टर टेकु अस्पतालमा

वि.सं.२०८० फागुन ९ बुधवार २३:४९

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा...

माछापुच्छ्रे बैंकले गर्यो भीडियो केवाईसी सेवाको शुभारम्भ

माछापुच्छ्रे बैंकले गर्यो भीडियो केवाईसी सेवाको शुभारम्भ

वि.सं.२०८० फागुन ९ बुधवार ०६:१६

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी...

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग प्रदान

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग प्रदान

वि.सं.२०८० फागुन ९ बुधवार ०५:४१

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान...

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापर मेला सुरु, ७५ प्रतिशतसम्म छुटको व्यवस्था

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापर मेला सुरु,...

वि.सं.२०८० फागुन ९ बुधवार ०२:५०

काठमाडौं । भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला...

एलआइसी नेपालले आफ्ना अभिकर्तालाई दियो उत्प्रेरणामुलक प्रशिक्षण

एलआइसी नेपालले आफ्ना अभिकर्तालाई दियो उत्प्रेरणामुलक प्रशिक्षण

वि.सं.२०८० फागुन ८ मंगलवार १०:१७

  काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले...