CG Electronics
IME Life
NIMB

तारर्केश्वरमा आर्थिक गतिविधि बढ्नेछ: अर्थमन्त्री डा. महत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तारकेश्वर क्षेत्रमा धार्मिक पर्यटकको आगमनले आर्थिक गतिविधि बढ्ने बताउनु भएको छ । बिहीबार तारकेश्वर नगरपालिकास्थित पौराणिक तारकेश्वर महादेव मन्दिर शिव महापुराण विराट ज्ञान महायज्ञको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘बाटोघाटोले पूर्णता पाउने वित्तिकै रमणीय डाँडामा अवस्थित धार्मिक पर्यटन मात्र नभएर अन्य पर्यटन व्यवसाय विस्तार हुन्छ । यसले यस क्षेत्रमा रोजगारी सिर्जना गर्छ । बाटो घाटो सुरक्षित र ठूलो बनेपछि धेरै ठूलो संख्यामा तार्केश्वर महादेवको दर्शन गर्न आउने छन् । यसले यहाँको आर्थिक गतिविधि बढाउँछ ।’

‘हाम्रो सनातन धर्म संस्कृति समृद्ध छ । यसलाई हामीले हजारौं वर्षदेखि अभ्यास गर्दै आएका छौं । यसमा विज्ञान छ, एउटा समय थियो, जुन बेला आर्थिक पछौटेपनबाट हामी गुज्रिऔं, यो पछौटेपनको मूल कारक धर्म संस्कृति हो भनेर ब्याख्या गर्न थाल्यौं’ मन्त्री डा. महतले भन्नुभयो, ‘अरु देशमा आर्थिक विकास भयो, उनीहरुको धर्म संस्कृति र सभ्यता उच्च कोटीको रहेछ, हाम्रो चाहिँ खराब रहेछ भन्ने मान्यता विकसित हुन थाल्यो । जसले गर्दा आफ्नो धर्म संस्कृतिप्रति लघुताभाष राख्ने र त्यसलाई हेयभाव ले हेर्ने चरणबाट हामी गुज्रिऔं ।’

पश्चिमा देशमा अहिले आर्थिक समृद्धि त छ, तर आध्यत्मा कमजोर भइरहेको उहाँले बताउनुभयो । मन्त्री डा. महतले भन्नुभयो, ‘ठूला उद्योग व्यवसायी, लेखक र चिन्तकहरु पूर्वीय सभ्यता खोज्छन् । यहाँ आएर कसरी शान्ति प्राप्त गर्ने भनेर लागेका छन् । ध्यान, योगा, धर्म संस्कृतिको अध्ययन मात्र होइन, त्यसलाई अपनाउन थालेका छन् ।’

उहाँले भन्नुभयो, ‘पश्चिमा देशमा आर्थिक समृद्धि त भयो, तर मनमा शान्ति छैन । सबै चिज छ, तर सुख छैन । हाम्रो राम्रो घर छैन, राम्रो बाटो छैन भनेर हामी पश्चिमी देशको पछाडि हामी दौडिन थाल्यौं । हाम्रा युवाहरु त्यत्ति दौडिरहेका छन् ।’

‘उनीहरु शान्तिको खोजीमा यता आइरहेका छन्, हामी चाहिँ अभावमा पनि खुशी हुन्थ्यौं, मिलेर बस्थ्यौं, परिवारमा रहन्थ्यौं । एकअर्कालाई सहयोग गथ्र्यौ । अब चाहिँ सुख सुविधा चाहियो भनेर पश्चिमा देशतिर दौडियौं । आफ्नो राम्रो कुरा छोड्न थाल्यौं’ मन्त्री डा. महतले भन्नुभयो, ‘हामीले आफ्नो भएको राम्रो र बलियो पक्षलाई छोड्नु भएन । आर्थिक समृद्धि पनि खोज्ने, यसले हामीलाई बाहिरी आवश्यकता पूर्ति गर्छ ।’

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...