CG Electronics
Ncell NPL
TATA Banner

सिटिजन्स बैंकद्वारा विद्यालय र आश्रमलाई आर्थिक सहयोग

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग प्रदान गरेको छ ।

ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको छ। विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ।

यसका साथै बैंकले श्री वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

विद्यालय र सेवाश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोह लाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ज्येष्ठ नागरिक र बालबालिका समाजका एक अभिन्न अंग भएका र उनीहरुलाई सहयोग प्रदान गर्न पाँउदा धेरै ठूलो सहयोग नभए पनि सांकेतिक रुपमा समाज प्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको व्यक्त गरे।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जनाएको छ।

बैंकले १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित तीन शाखाको स्थान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३४

  काठमाडौं । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ...

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २०...

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय संस्थाले हदबन्दीभन्दा बढी भएको सम्पत्ति बेचबिखन गर्न नपाउने कानूनी व्यवस्था कार्यान्वयन नगर्नू

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:२८

  काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा आफ्ना...

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित भिभो एक्स३०० प्रो नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:०७

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो...

डिशहोमले सार्वजनिक गर्यो नेपाली भाषामा आधारित Voice-AI ‘खुशी’

डिशहोमले सार्वजनिक गर्यो नेपाली भाषामा आधारित Voice-AI...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:०३

डिशहोमले निरन्तर नयाँ प्रविधीको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई,...