CG Electronics
IME Life
NIMB

दक्षिण एसियामा नेपाल चौथो कम भ्रष्टाचार हुने राष्ट्र

NIMB
Himalayan Bank

 

काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल टीआइ नेपालले २०२३ को सूची सार्वजनिक गर्दै यो वर्ष नेपाल गत वर्षभन्दा दुई स्थान तल झरेको हो ।

नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा रहेपनि अंकमा भने सुधार भएको ट्रान्सपरेन्सी इन्टरनेसनल टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बताइन् । तर नेपाल भ्रष्टाचारव्याप्त मुलुकभित्र भने कायम रहेको उनको भनाइ छ ।

नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८औं स्थानमा छ । विश्वका १८० देशलाई समेटेर ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको सूचकांकमा नेपाल १०८औँ स्थानमा देखाएको हो ।

सन् २०२२ को तुलनामा २०२३ को सूचीमा नेपालले दुई स्थान सुधार गरेको हो । सन् २०२२ मा नेपाल यो सूचीको ११०औँ स्थानमा रहेको थियो ।

सार्वजनिक गरिएको सूचीमा नेपालले १०० पूर्णाङ्कमा ३५ अंक पाएको छ । अघिल्लो वर्ष नेपालले ३४ अंक पाएको थियो ।

दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो कम भ्रष्टाचार हुने राष्ट्र बनेको हो । प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरु अत्यधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्दछन् ।

सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटान ६८ अंकका साथ २७औँ स्थानमा, भारत ३९ अंकका साथ ९३औँ स्थानमा, माल्दिभ्स ३९ अंकका साथ ९३औँ स्थानमा छन् ।

श्रीलंका ३४ अंकका साथ ११५औँ स्थानमा, पाकिस्तान २९ अंकका साथ १३३औँ स्थानमा, बंगलादेश २४ अंकका साथ १४९औँ स्थानमा र अफगानिस्तान २० अंकका साथ १६२औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४२ अंकका साथ सूचीको ७६औँ स्थानमा रहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरुलाई वर्गीकरण गरी २९ वर्षदेखि भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्दै आएको छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...