CG Electronics
IME Life
NIMB

सामाजिक सुरक्षा ऐन लागू गर्न माग गर्दै कर्मचारी आन्दोलित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

विराटनगर । आफूहरुको माग पूरा नभएको भन्दै सुनसरी–मोरङ सिँचाई आयोजनाको विराटनगरस्थित मुख्य कार्यालयका कर्मचारीहरु आन्दोलित बनेका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागू गर्नुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले कार्यालयमा मंगलबार तालाबन्दी गरेका छन् । माग पूरा गराउन कर्मचारीहरु धर्नामा बसेका छन् ।

आयोजनामा कार्यरत तीन सयभन्दा बढी अस्थायी, करार, ज्यालादारीका कर्मचारीले कार्यालयको मूल गेटमा तालाबन्दी गरका हुन् ।

अखिल नेपाल अस्थायी, करार र ज्यालादारी कर्मचारी श्रमिक संघका अध्यक्ष दुर्गा राईले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

कर्मचारी आन्दोलनमा उत्रिएपछि कार्यालयको काम प्रभावित बनेको छ ।

यसैबीच, आयोजनाका निमित्त आयोजना निर्देशक कैलाश श्रेष्ठले आन्दोलनरत कर्मचारीसँग वार्ता गर्नका लागि सिनियर डिभिजन इन्जिनियर अमरेन्द्रकुमार देवको संयोजकमा ५ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।

इन्जिनियर नित्यानन्द झा, समाजशास्त्री रविकुमार साह, नायब सुब्बा हरिप्रसाद सुवेदी र लेखापाल रमेश पाण्डे वार्ताटोलीमा सदस्य छन् ।

आन्दोलनरत कर्मचारीहरुसँग वार्ता गरी समस्या समाधानको पहल गरिने आयोजना कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...