Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

पाकिस्तानको चुनावमा अमेरिकी नजर

काठमाडौं । पाकिस्तानमा यही फेब्रुवरी ८ मा आमनिर्वाचन हुँदैछ । पाकिस्तानी आमचुनावमा अमेरिकासहित विश्वका धेरैजसो देशको नजर छ । यसैबीच अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानको आमचुनावालई नजिकबाट नियालिरहेको जनाएको छ ।

‘पाकिस्तानमा हुने आमचुनावलाई नजिकबाट अनुगमन गरिरहेका छौँ । अभिव्यक्ति स्वतन्त्रता र कानुनी अधिकारको उल्लंघनप्रति हाम्रो चिन्ता छ,’ सोमबार अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् भनेको छ ।

अमेरिकाले पाकिस्तानी जनतालाई आफ्नो मौलिक अधिकार प्रयोग गरेर भावी नेता छान्ने अधिकार हुनुपर्नेमा जोड दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले पत्रकार सम्मेलनमा भने, ‘हामीले पाकिस्तानको चुनावी प्रक्रियालाई नजिकबाट नियालिरहेका छौं । हामी यसमा धेरै भन्दा धेरै मानिसहरूको सहभागिता होस् भन्ने चाहन्छौं र अभिव्यक्ति स्वतन्त्रता र विधायिका अधिकारको सम्मान हुनुपर्छ भन्ने चाहान्छौँ ।’

उनले अमेरिकाले चुनावका बेला हिंसाका घटनाहरू नचाहेको र मिडिया स्वतन्त्रतामा प्रतिबन्ध नलगाउन समेत आग्रह गरेको बताए । ‘हामी मिडिया स्वतन्त्रतामा प्रतिबन्ध र इन्टरनेट स्वतन्त्रतामा प्रतिबन्धको विरुद्धमा छौं । पाकिस्तानका जनतालाई आफ्नोे मौलिक अधिकार प्रयोग गरेर आफ्नो भावी नेता चुन्ने अधिकार छ र यसका लागि निर्वाचन स्वतन्त्र, निष्पक्ष र कुनै डरविना हुनुपर्छ,’ पटेलले भने ।

पाकिस्तान हाल विश्वमा पाँचौँ धेरै जनसंख्या भएको देश हो । पाकिस्तानको जनसंख्या हाल २४१.५ मिलियन छ । यहाँ पुरुष मतदाताको संख्या ६.९ करोड छ भने महिला मतदाताको संख्या ५.९ करोड छ । मतदानको उमेर १८ वर्ष छ ।

पाकिस्तानमा ९६ प्रतिशत मतदाता मुस्लिम, १.५९ प्रतिशत इसाई, १.६ प्रतिशत हिन्दू र ०.५ प्रतिशत अन्य छन् । पाकिस्तानको चुनावमा २६६ सिटका लागि ५ हजार १२१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...