Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

अपि पावर कम्पनीको प्रमुख लगानी रहेको ९.७ मेगावाटको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको ड्राई टेस्ट सम्पन्न

 

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी भएको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन मिति २०८० साल फाल्गुन मसान्त भित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ ।

रन अफ रिभर प्रकृतिको यस आयोजनाको निर्माण कार्य मिति २०७७ साल माघ १ गतेबाट सुरु भई २०८० साल श्रावण मसान्तमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भैरहेको अवस्थामा २०८० साल असार १ र २ गते नेपालको पूर्वि भूभागमा गएको भिषण बाढी पहिरोको कारणले आयोजनामा केही क्षति पुगेको थियो ।

उक्त क्षति पश्चात कम्पनीले पूननिर्माणको कार्य तीब्र गतिमा सम्पन्न गरि २०८० साल फाल्गुन मसान्त भित्र विद्युत उत्पादन गर्ने अवस्थामा पुर्याएको छ । आयोजनाबाट उत्पादित विद्युतशक्ति १६ कि.मि. लामो ३३ के.भि.डबल सर्किट प्रसारण लाइन मार्फत अमरपुर सवस्टेशनमा जडान गर्ने कार्य सम्पन्न भएको छ ।

यस ईङवा हाइड्रोपावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडले १५ करोड बराबरको संस्थापक शेयर लगानी गरेको हो । आयोजना निर्माण पश्चात अपि पावर कम्पनी लिमिटेडलाई यो आयोजनाबाट राम्रो मुनाफा हुने व्यहोरा अपि पावर कम्पनी लिमिटेडका संचालक द्धारिका प्रसाद न्यौपानेले बताए ।
माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना मिति २०८० साल माघ १९ गते ड्राई टेस्ट परिक्षण सफल रुपमा सम्पन्न गरी ट्रान्समिशन लाईनलाई चार्ज गर्ने कार्य आगामी १ सातामा सम्पन्न हुने जानकारी ईङवा हाईड्रोपावर लिमिटेडका वित्त प्रबन्धक गोकुल पाण्डेले बताए ।

आयोजनामा Geppert Austria GMBH बाट आयात गरिएको अत्याधुनिक प्रविधिको युरोपेली मेसिन जडान गरिएको छ । आयोजनामा ग्लोवल आईएमई बैंक लिमिटेड तथा नविल बैंक लिमिटेड को लगानी रहेको छ । आयोजनाको अनुमानित कुल लागत रु. २०६ करोड रहेको छ । ईङवा हाईड्रोपावर लिमिटेडमा संस्थापक शेयर रु. ४२ करोड तथा आईपीओ मार्फत बाँडफाँड भएको सर्वसाधारण तर्फको शेयर रु. १८ करोड गरि जम्मा चुक्ता पूँजी रु. ६० करोड रहेको छ ।

खेलकुद क्षेत्रको विकास पहिलो प्राथमिकतामा : प्रदेश मन्त्री महर्जन

खेलकुद क्षेत्रको विकास पहिलो प्राथमिकतामा : प्रदेश...

वि.सं.२०८१ कात्तिक २४ शनिवार १९:२९

  मकवानपुर । बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले...

सुदूरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

सुदूरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

वि.सं.२०८१ कात्तिक २४ शनिवार १९:२५

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र...

एनपीएलको फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ : सोमपाल कामी

एनपीएलको फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ जित्ने लक्ष्यका...

वि.सं.२०८१ कात्तिक २४ शनिवार १९:२१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल...

कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने ‘कर्णाली याक्स’को जर्सी सार्वजनिक

कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने ‘कर्णाली याक्स’को जर्सी...

वि.सं.२०८१ कात्तिक २४ शनिवार १९:१८

  काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली...

मन्त्रालयको नेतृत्व लिएदेखि नै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो प्राथमिकतामा राखेको थिएँ : मन्त्री पाण्डे

मन्त्रालयको नेतृत्व लिएदेखि नै भैरहवा र पोखरा...

वि.सं.२०८१ कात्तिक २४ शनिवार १९:१३

  काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे...

प्रधानमन्त्रीको चीन भ्रमणका लागि दुई दलीय संयन्त्र बनेको होईन् : उपमहासचिव ज्ञवाली

प्रधानमन्त्रीको चीन भ्रमणका लागि दुई दलीय संयन्त्र...

वि.सं.२०८१ कात्तिक २४ शनिवार १९:०९

  काठमाडौं । नेकपा एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६...