CG Electronics
IME Life
NIMB

केन्द्रबाट सञ्चालित योजनाका कारण वडाले गाली खानुपर्छ, संघीय जनप्रतिनिधि समन्वय नै गर्दैनन् : वडाध्यक्ष भट्टराई (बूनपा)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

म दोस्रो पटक निर्वाचित वडाध्यक्ष हुँ । दोस्रो कार्यकालका निर्वाचित भएको करिब २० महिना पूरा भइसकेको छ ।
यो दुई वर्षको अवधिमा पूूर्वाधारमा वडाले मात्रै नभएर बूढानीलककण्ठ नगरले धेरै काम गरेको छ । वडा नम्बर १२ को हकमा वडाले पूर्वाधार निर्माण गर्ने र मेलम्चीले भत्काउने काम भइरहेको छ । जसका कारण बिगे्रको र भत्केको Aजस वडाले लिनुपरेको छ ।

भौतिक पूर्वाधारको रुपमा वडा नम्बर १०,११ र १२ वडामा समस्याको रुपमा रहेको खहरेलाई अहिले आनी गुम्बादेखि आरम्भ चोकसम्म कल्भर्ट हाल्ने काम भइरहेको छ । यद्यपि यो ठेक्का लगाएको तेस्रो वर्ष भयो । निर्माण व्यसायीयका कारणले निर्माणमा ढिलाइ भइरहेको छ ।

माथिल्लो निकायबाट निर्माणधीन यस्ता योजनामा पटक–पटक निर्माण अवधि थप्ने चलन छ । यसरी निर्माण अवधि थप हुँदा उनीहरुलाई के फाइदा हुन्छ थाहा छैन ।

स्थानीय जनप्रतिनिधि भएका नाताले हामी जनताले चाँडै सेवा पाऊन भन्ने चाहन्छौँ । तर, केन्द्रले समयावधि थप्दै लैजानाले स्थानीय जनप्रतिनिधिले गाली खानुपर्ने अवस्था छ ।

आनी गुम्बादेखि आरम्भ चोकसम्मको खहरेमा कल्भर्ट हाल्ने काम उपत्यका प्राधिकरणले २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार राजन भट्टराईको पहलामा बजेट विनियोजन गराएर सञ्चालित योजना हो ।

२९ करोडको ठेक्काको योजना साढे ३ वर्षयता चलिरहेको छ । यसको श्रेय नेकपा एमालेको तत्कालीन सरकारको नेतृत्व र नेकपा एमालेका यस क्षेत्रका उम्मेद्वार राजन भट्टराईलाई जान्छ ।

भट्टराईले भंगालको सुन्दर बजारमा पनि केही काम अघि बढेको छ । यस्तै, राजन भट्टराईकै पहलमा जनतालाई छारो हिलो, धूलो र महिलोबाट कसरी बचाउने भनी साततलेदेखि आरम्भ चोकसम्म एउट डिपीआर तयार पारेका छौँ । तर, त्यो काम महानगरपालिका र उपत्यका प्राधिकरणबीच द्वन्द्व बढेर हुन सकेको छैन ।

 

भट्टराई चुनाव हारे पनि यस क्षेत्रको विकासका लागि निरन्तर लागिरहनुभएको छ । तर, प्रतिनिधिसभाको निर्वाचनमा जसले जितेर नेतृत्व गरिरहनुभएको छ । उहाँले वडासँग समन्वय गर्नुभएको छैन ।

खहरे खोला व्यवस्थापन गर्नेबारे २०७० सालयता लागिपरेका छौँ । यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे निरन्तर अभियानकै रुपमा छौँ । खहरेमा कल्भर्ट बनाउन वडाले हिजो आवश्यक बजेटका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेको छ ।

तर, अहिले माथिल्लो निकायले हेर्दैन । कल्भर्ट निर्माणको जिम्मेवारी वडाको मातहत नभए पनि आमजनताले वडाले किन व्यवस्था ग¥यो भनी प्रश्न गर्छन् ।

हिजो स्थानीय तह कार्यान्वयनका क्रममा सिंहदरबार वडामा भनियो । आनी गुम्बादेखि बग्ने खहरेलाई उदाहरणका रुपमा लिने हो भने यसको अपजस सबै वडा र पालिकाले व्यहोर्नुपरेको छ । वडामा सिंहदरबार भनिए पनि अझै वडाले सिंहदरबारको अधिकार पाएका छैनन् । बरु त्यसलाई खुम्च्याउने काम भइहरेको छ ।

हामीले पाँच वर्षदेखि फोहोरमैला व्यवस्थापनमा लागि परेका छौँ । तर, व्यवस्थापन गर्न सकेका छैनौँ । कानुनी रुपमा हेर्ने हो भने स्थानीय सरकार सञ्चालन ऐनमा फोहोरमैलाको व्यवस्थपनको अधिकार स्थानीय तहलाई छ । नगरको १७ औँ बैठकले पनि निर्णय गरिएको छ ।

 

यही फोहोरमैला व्यवस्थापनमा हामीले एउटा ठेक्का लगाएका छौँ । तर, हाम्रो नगरपालिका तथा केन्द्रले पनि वडाध्यक्षको अधिकार यो हो र भनी प्रश्न गर्छन् । सामान्य चिठीपत्र आदनप्रदान गर्न पनि हिचकिचाहट गर्ने अवस्था छ । माथि बसेकाले अधिकार दिन नचाहँदोरहेछ । अधिकार लिन संघर्ष गर्नुपर्दोरहेछ । अधिकार भनेको खोस्न सके मात्रै पाइनेरहेछ ।

नगरपालिकामा १९ वटा सामुदायिक र १२२ वटा निजी विद्यालय छन् । वडा नम्बर १२ मा भने एउटा मात्रै सामुदायिक विद्यालय छ । नगरले शैक्षिक उन्नयन वर्ष भनेर पनि अघि बढेको छ । ज्येष्ठ नागरिकको हकमा जतिसक्दो सहुलियत दिएका छौँ ।

वडाका विद्यालय तहमा आर्थिक अभावका कारण अध्ययन गर्न नसक्नेहरुलाई छात्रवृत्ति र निःशुल्क अध्ययनको व्यवस्था गरिएको छ ।

जनशक्ति पलायनबारे स्थानीय तहभन्दा माथिल्लो निकायले गम्भीर भएर सोच्नुपर्छ ।

मेरो वडाले दिनमा १० जनालाई सम्म सिफारिस बनाउँछ । बूनपा र ६,७४३ वडाबाट कति होलान् । हामी चाहन्छौँ यो जनशक्ति रोकियोस् । रोजगारी सिर्जना होस् । हामीले जसरी यस विषयमा राज्यले पनि सोचोस् ।

(बूनपा –१२ का अध्यक्षसँग गरिएको कुराकानीका आधारमा)

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...