CG Electronics
IME Life
NIMB

नेपालमा जिपलाइनको माहोल सिर्जना गर्ने ‘धुलिखेल जिपलाइन’ ५ वर्ष पूरा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

धुलिखेल जिपलाइनले स्थापनाको ५ वर्ष पूरा गरेको छ ।

सन् २०१९ को फेब्रुअरी १४ बाट सञ्चालनमा आएको यस जिपलाइनले ५ वर्षको अवधिमा सरकारका उच्च प्रतिनिधिदेखि कलाकार हुँदै सर्वसाधारणसम्ममा यसको क्रेज बसाल्न सफल भएको छ ।

वर्ल्ड–वाइड एडभेन्चर प्रालिले सञ्चालनमा ल्याएको धुलिखेल जिपलाइनमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अन्य नेता तथा कलाकार समेतले मनोरञ्जन लिइसकेका छन् ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, क्याप्टेन विजय लामा, कलाकार वर्षा सिवाकोटी, पूजा शर्मा, अनमोल केसी, कमेडियन मनोज गजुरेल, गायिका रचना रिमाल, गायक प्रताप दास लगायतले धुलिखेल जिपलाइनमा मनोरञ्जन लिइसकेका छन् ।

राजधानी काठमाडौंबाट ३५ किलोमिटर मात्रै भएकाले पनि धुलिखेल उपत्यकाबासीको सहज गन्तव्य हो । सर्वसुलभ मूल्य धुलिखेल जिपलाइनको अर्को आकर्षण बनेको छ ।

काठमाडौंबाट नजिकैको दूरीमा रहेको धुलिखेलमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइनको मज्जा लिन मिल्ने भएकाले पनि यो सबैको रोजाइमा परेको धुलिखेल जिपलाइनका सिईओ भुपेश श्रेष्ठ बताउँछन् ।

३ हजार रुपैयाँमै फोटो, भिडिओसहित जिपलाइन खेल्न पाइने भएपछि यसको लोकप्रियता पनि ह्वात्तै बढेको हो ।

सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । दैनिक सय जनाले सेवा लिन सक्ने जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ ।

समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा रहेको टप स्टेसनबाट सुरु भएको यात्रा बटम स्टेसनमा पुग्दा एक सय मिटर मात्रै तल झर्छ । यस बीचमा दुई सय ४० फिटको ‘भर्टिकल ड्रप’ हुने गरी डोरी टाँगिएको छ । यसमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

५ वर्षअघि सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले जिपलाइन लगायतका परियोजना बनाएका थिए । त्यसपछि सबैको आकर्षण बनेको जिपलाइन बिस्तारै विदेशीलाई मात्रै नभई नेपालीलाई समेत बानी पर्दै गयो । देशैभर जिपलाइनको माहोल बन्यो ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...