CG Electronics
IME Life
NIMB

१४ बुँदे घोषणापत्र जारी गर्दै ‘अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन’ सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै अपाङ्गता भएका महिलाहरूको पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

‘मलाई पनि तिमिसँगै गणना गर: मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ काठमाडौंमा शुक्रबारदेखि आयोजना भएको यस सम्मेलन १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो ।

सम्मेलनको समापन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अपाङ्गता भएका ब्यक्तिहरूको न्यायमा पहुँचका लागि आयोगले काम गरिरहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूको हक हितका लागि बनाइएका ऐनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

अपाङ्गता भएका महिलाहरूको विविधता, अन्तरसम्बद्धता सवाल, अर्थपूर्ण सहभागीता र न्यून प्रतिनिधित्व तथा सिमान्तकृत अपाङ्गता भएका महिलाहरुको सवाल एवं समस्याहरूको पहिचान गरी सोको सम्बोधनको लागि निति निर्माणमा निर्णायक तहका व्यक्ति र सरोकारवाला निकायहरुलाई दवाब दिने उद्देश्यका साथ सम्मेलन गरिएको हो ।

अपाङ्गता भएका महिलाहरुको मानवीय र अशक्तताको आधारमा रहेको विविधतालाइ सम्बोधन गर्न मानव अधिकारमुखी अवधारणा र यसका लागि अन्तरविविधता/अन्तरच्छेदीय दृष्टिकोणको आवश्यकता छ ।

राष्ट्रिय योजना आयोगले तयार गरेको ‘लिभ नो वन बिहाइण्ड’का सन्दर्भ नेपाल ढाँचा प्रतिवेदन २०२३ मा यस दृष्टिकोणको अवलम्बनको आवश्यकतालाई उल्लेख गरिएको घोषणापत्रमा उल्लेख छ ।

‘त्यसैले नेपालका तीनै तहका सरकारले अन्तरविविधता/ अन्तरच्छेदीय दृष्टिकोणको कार्यान्वयनका लागि कानुन तथा नीति तर्जुमा गरी कार्यान्वयनको सुनिस्चितता गर्न गराउन माग गर्दछौं, घोषणापत्रमा भनिएको छ ।

यस्तै विद्यालयका पाठ्यक्रममा अपाङ्गता सम्बन्धी विषयलाई समावेश गर्दै शिक्षाबाट बन्चित गरिएका अपाङ्गता भएका महिलाहरुको लागि “स्कुल- आउट टिच” जस्ता कार्यक्रम ल्याउने र अपाङ्गता भएका महिलाहरू र किशोरी अभिभावकलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार, हिंसा र विभेद न्यूनीकरण सम्बन्धि तालिम दिनका लागि सम्मेलनले माग गरेको छ ।

सात वटै प्रदेशबाट ३६ जना अपाङ्गता भएका महिला र महिला एवं अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका सँस्थाका प्रतिनिधि गरि १ सय २० जना बढी सम्मेलनमा सहभागी भएका थिए ।

सो सम्मेलनबाट नेपाल भित्र तीनै तहका ७ सय ६१ वटा सरकार, मानव अधिकारवादी संस्थाहरू, नागरिक समाज लगायतको ध्यानाकर्षण गराउँदै विभिन्न माग समेटेर अपाङ्गता भएका महिलाहरूको काठमाडौं घोषणापत्र जारी गरिएको छ ।

सम्मेलनमा महिला र अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका दलित महिला संघ (फेडो), राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपाल, नेत्रहीन महिला संघ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...