CG Electronics
IME Life
NIMB

‘स्वास्थ्य मन्त्रालय संघीय स्वास्थ्य ऐन बनाउने तयारीमा छ’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले संघीय स्वास्थ्य ऐन बनाउने तयारीमा मन्त्रालय जुटेको बताएका छन् ।

 

शनिबार काठमाडौंमा आयोजित नेपाल डेन्टल हाइजेनिष्ट एसोसियसनको ८ औं राष्ट्रिय महाअधिवेशनमा बोल्दै उनले स्वास्थ्य संवेदनशिल क्षेत्र भएकाले सामान्य निजामती ऐनले स्वास्थ्यलाई चलाउन सक्दैन भनेर कार्यदल गठन गरेर त्यसको रिपोर्टको आधारमा छुट्टै संघीय स्वास्थ्य ऐन बनाउने तयारीमा रहेको जानकारी दिएका हुन् ।

 

उनले भने, ‘स्वास्थ्य संवेदनशिल क्षेत्र भएकाले सामान्य निजामती ऐनले स्वास्थ्यलाई चलाउन सक्दैन् भनेर स्वास्थ्यले छुट्टै ऐन बनाएर सञ्चालन गर्नेगरी संघीय स्वास्थ्य ऐन बनाउने तयारीमा छौं ।

 

कार्यदल गठन गरेर त्यसको रिपोर्टको आधारमा ऐन बनाउने भनेर लाग्ने तरखरमा छौं ।’
उनले सबै कार्यक्रम केन्द्रबाट नै झोला बोकेर स्थानीयसम्म जानुपर्छ भन्ने भाष्यलाई सरकारले ब्रेक गरेको बताए ।
प्रदेशमा पनि स्वास्थ्य तालिम केन्द्रमार्फत दाँत तथा मुख सम्बन्धी तालिमहरू सञ्चालन गरेको भन्दै सबै कार्यक्रम केन्द्रबाट नै झोला बोकेर स्थानीयसम्म जानुपर्छ भन्ने भाष्यलाई सरकारले ब्रेक गरेको बताएका हुन् ।

 

उनले भने,‘प्रदेशमा पनि स्वास्थ्य तालिम केन्द्रमार्फत दाँत तथा मुख सम्बन्धी तालिम चलेको छन् । केन्द्रकमा पनि चलेको छ । तथापि हामी त्यहाँ गएपछि पहिला जस्तै सबै कार्यक्रम केन्द्रबाट नै झोला बोकेर स्थानीयसम्म जानुपर्छ भन्नेलाई हामीले ब्रेक गरेकै हो ।’

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...