CG Electronics
IME Life
NIMB

प्राडा सूर्य सुवेदीको पुस्तक लोकार्पण, अन्तर्राष्ट्रिय ख्याति पाएकोमा प्रशंसा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ पुस्तक लोकार्पण गरेका छन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले प्राडा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकन र एमसीसी परियोजनामा देखाएको कुशलता र विज्ञताको स्मरण गरे ।

‘प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैंले सहयोग मागेको थिए । उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो । पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले व्याख्यात्मक घोषणापत्र नै लागू गर्यौं । त्यसले हाम्रो स्वतन्त्रा, सार्वभौमिकता, वैधानिकता पनि कायम रह्यो र सम्झौता कार्यान्वयनको प्रकृयामा लैनान सहज सहज वातावरण बन्यो ।’

दाहालले नेपालको समग्र राष्ट्र हित र नेपालको विकासमा सुवेदीको नलेजले धेरै ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे । दाहालले नेतृत्वमा हुँदा सुवेदीबाट पटकपटक लिएको सल्लाह, सुझाव र सहयोगलाई दाहालले कार्यान्वयन गर्ने गरेको उल्लेख गर्दै सुवेदीको ज्ञान र लोकतान्त्रिक प्रतिबद्धताप्रति प्रश्न उठाउनु वा शंका गर्नु अन्याय हुने बताए ।

‘कतिपयले उहाँ (सुवेदी) को पोलिटिकल कमिटमेन्ट अन्तै छ । उहाँ डेमोक्रेटिक व्यक्ति होइन भन्ने गर्दा रहेछन् । त्यसलाई मैंले अस्वीकार गर्ने गरेको छु । मेरो आफ्नै अनुभवले उहाँको लोकतान्त्रिक आउटलुक र लोकतन्त्रप्रतिको कमिटमेन्टको बारेमा कुनै शंका गर्नु छैन । राष्ट्रिय राजनीतिको नेतृत्वले चाह्यो भने राष्ट्रहितका निम्ती उहाँ जसलाई पनि सहयोग गर्न तत्पर हुनुहुन्छ । त्यसैको आधारमा भन्दैछु उहाँको लोकतन्त्रप्रतिको विश्वसनियता र कमिटमेन्टप्रति प्रश्न उठाउनु उहाँप्रति न्याय हुँदैन भनेर मैंले आफैंले डिवेट गर्ने गरेको छु,’ दाहालले भने ।

दाहालले विदेशमा पुगेर नेपालीहरुले आ–आफ्नो क्षेत्रमा राम्रो काम गरेको चर्चा गर्दै त्यसको एउटा उदाहरणको रुपमा सुवेदी रहेको बताए ।

‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हो ।’
पुस्तकमा सुवेदले कानून क्षेत्र र व्यक्तिगत जिवनमा भोगेका उत्तारचढाव र सफलताको मार्गमा अगाडि बढ्दा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यक्तिले कस्तो सकस व्यहोर्नुपर्छ भन्ने जीवन भोगाइका वृत्तान्त समेटिएको छ ।

कार्यक्रममा प्राडा सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे विवरण उल्लेख गरेको बताए । सुवेदीको उक्त पुस्तकलाई अग्रज पत्रकार भगीरथ योगी र युवा पत्रकार नविन पोखरेलले सम्पादन गरेका छन् ।

सुवेदीको पुस्तकबारे पूर्व उप–सभामुख पुष्पा भुसाल गौतमले नेपाल र नेपालीको हितको लागि अन्तर्राष्ट्रिय जगतमा सुवेदीले नेपाल र नेपालीको नाम राखेको उल्लेख गर्दै उनलाई सरकारले सम्मान गर्नुपर्ने धारणा राखिन । उनले युवाका लागि समेत पुस्तक प्रेरक बन्ने बताइन । कार्यक्रममा पूर्वमन्त्री अग्नि खरेलले प्राडा सुवेदीको ज्ञानबाट नेपालले लाभ लिनुपर्ने बताए ।

 

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...