Nabil Bank
prabhubank
nic bank

पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्थे देव आनन्द

मिडिया स्पेस सोलुसन्स प्रालि

 

मुम्बई । सन् १९२३ मा पञ्जाबको शकरगढ (जुन अहिले पाकिस्तानको हिस्सा छ) मा जन्मिएका बलिउडका ‘सदाबहार हिरो’ देव आनन्द सन् ७० देखि ८० को दशकमा हिन्दी फिल्मका लोकप्रिय अभिनेता थिए ।

विशेषत उनका महिला फ्यान उनीप्रति अत्यन्त आशक्त थिए । युवतीकै क्रेजका कारण उनलाई कालो कोट लगाउन पनि प्रतिबन्ध लगाइएको थियो ।

देव आफैं पनि फिल्मप्रति यति आशक्त थिए कि जीवनका अन्तिम समयमा पनि उनले फिल्म बनाउने काम जारी राखे । उनले अभिनय करियरको सुरुवात सन् १९४६ मा रिलिज फिल्म ‘हम एक हे’बाट गरेका थिए । तर उनले पहिचान भने सन् १९४८ मा रिलिज फिल्म ‘जिद्दी’बाट पाए । उनले आफ्नो ६५ वर्ष लामो फिल्मी करियरमा करिब १ सय १६ फिल्ममा अभिनय गरे ।

फिल्मसँग सम्बन्धित देवका किस्सा अहिले पनि उत्तिकै हिट छन् । फिल्मको नामसँग जोडिएको देवका किस्सा अझ रमाइला छन् । देव आफ्नो दमदार अभिनय र तेज दिमागका लागि चिनिन्थे । देव आफ्नो करियरको उच्च विन्दुमा रहँदा उनले आफ्ना फिल्मका नाम पत्रिकाको समाचार शीर्षकबाट लिन्थे ।

यसको पछाडि विशेष कारण थियो । देवको बुझाई पत्रिकाको समाचार शीर्षकबाट लिइएका नाममा आम मानिस जोडिन्छन् भन्ने थियो । उनको बुझाई सही साबित पनि हुन्थ्यो । पत्रिकाको समाचार शीर्षकबाट लिइएको नामका उनका धेरै फिल्म हिट पनि भएका थिए ।

आफ्ना फिल्म बक्सअफिसमा असफल हुँदै गएपछि देवले पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्ने शैली अपनाएका थिए ।

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:२७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै श्रममन्त्री अर्याल

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:१७

काठमाडौँ,३१ वैशाख । विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:५९

  काठमाण्डौँ, ३१ वैशाख– अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास...

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:२१

    काठमाडौं । प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी...

श्रेजु वाग्लेको स्वरमा रहेको गीत ‘जय होस्’ सार्वजनिक

श्रेजु वाग्लेको स्वरमा रहेको गीत ‘जय होस्’...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१७

  काठमाडौं । ९ वर्षीया गायिका श्रेजु वाग्लेको स्वरमा रहेको...

‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता गरे शिक्षामा सुधार आउँछ : मन्त्री श्रेष्ठ

‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता गरे शिक्षामा...

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३०

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ठूला...