CG Electronics
IME Life
NIMB

बिकासको मोडेल र सुशाशनको मापदण्डबारेमा दलहरु प्रष्ट हुनु आवश्यक छ : सांसद ढकाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बिनियोजन बिधेयक २०८१ का सिद्धान्त र प्राथमिकता बारे छलफलमा भाग लिदै केहि नबिन सुझाब दिएका छन् ।

सांसद ढकालले बजेटको प्राथमिकतामा कृषि उत्पादनमा बृद्धि गरि निर्यात बढाउने र आयात घटाउने गरि राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सुझाब दिएका छन् ।

सांसद ढकालले पर्यटनको थप बिकासको लागि आबस्यक भौतिक पूर्वाधारको निर्माणमा जोड दिदै हस्पिटालिटी ब्यबशाय लाई प्रोत्शाहन गर्नुका साथै पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा संचालन गर्ने सुझाव दिएका छन् । पूर्वमन्त्री समेत रहेका ढकालले जलबिधुत विकासमा जोड दिदै जलाशययुक्त बुढी गण्डकी जलबिधुत आयोजनालाइ सबैभन्दा प्राथमिकतामा राखी यथासिघ्र निर्माण कार्यको थालनी गनुपर्नेमा जोड दिएका छन् ।

पर्यटन आवगमन र बिधुत उत्पादनमा केहि बृद्धि बाहेक नेपाली अर्थतन्त्रका अन्य प्राय सबै सूचकहरु सन्तोषजनक नरहेको भन्दै “राजस्व संकल लक्ष अनुरुप नहुनु , वितिय क्षेत्र अन्तर्गत सहकारी र लघुवितमा गम्भीर समस्या देखिनु ,ऋणको दायित्व भुक्तानी गर्न ठुलो रकम छुट्याउनु पर्ने, संकलित राजस्वले अनिबार्य दायित्व धन्न नसक्ने, ब्यापार घाटा लगाएतका कारण वर्तमान नेपाली अर्थतन्त्र चुनौतिपूर्ण रहको सांसद ढकालको बिश्लेषण छ ।

सांसद ढकालले वर्तमान अर्थतन्त्रका चुनौतीहरुको समाधान गर्न उच्च र दिगो आर्थिक बृद्धि गर्ने, उत्पादनको विकास र रोजगारीको सृजना गर्ने, गरिबी निवारण गर्ने, दिगो बिकासका लक्ष हासिल गर्न सक्ने बजेट अहिलेको आबस्यकता रहेकोमा यस बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु यो आबस्यकताको सम्बोधन गर्ने खालको नभएको नभई कर्मकाण्डी मात्र भएको भन्दै विधेयकको परिमार्जन र पुनर्लेखनमा जोड दिएका छन् ।

सांसद ढकालले बिनियोजन विधेयकका सिद्धान्तमा उल्लेख गरिएका प्राय सबै बिषयहरु बिगतको निरन्तरता मात्र छ भन्दै परम्पराको निरन्तरताले मात्रै नयाँ लक्ष्य हाँसिल हुन नसक्ने बताए । ढकालले भने “बिनियोजन विधेयकका सिद्धान्तमा छुटाउन नहुने बिषयहरु भनेको, शान्ति संबेदनशील बिकासको अबधारणा, “वातावरण मैत्री बिकासको अबधारणा“ नैतिकवान समाजको सृजना र मानबिय मुल्यमान्यताको जगेर्ना पनि हो“।

आर्थिक विकास र सुशाशन प्राय सबै राजनैतिक दलको एजेन्डामा परेपनि बिकासको मोडेल र सुशाशनको मापदण्डमा दलहरु प्रष्ट हुनु पर्ने उनको भनाइ थियो । सांसद ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हाँसिल गर्न आगामी बजेट केन्द्रित हुनु पर्ने बताउदै १५औँ पञ्चवर्षीय योजनामा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिको लागि समृद्धिका ३२ वटा सूचक र सुःखका २३ वटा सूचक गरि ५५ सूचक सार्वजनिक गरेको प्रसङ्ग स्मरण गर्दै आगामी बजेट यसकै वरिपरिमा आउने बिश्वाश ब्यक्त गरे ।

सांसद ढकालले उठाएका तीन प्रमुख नबिन बिषय

१,शान्ति संबेदनशील बिकासको अबधारणालाई बिनियोजन विधेयकको सिद्धान्तमा समाबेश गर्ने । राज्यको साधन श्रोतको असमान वितरणले समाजमा विभेदको सृजना गर्छ र यहि बिन्दु वाट द्धन्दको बिजारोपण हुन्छ भन्दै सामाजिक न्याय र शान्ति प्रकृयाले सार्थकता पाउन पनि शान्ति संबेदनशील बिकासको अबधारणाको कार्यन्वयन आबस्यक रहेको बताएका छन् ।

२, सामाजिक सदभाव, ऐक्यबद्धता र भाइचाराको अभिबृद्धि गर्न एक “अन्तरधार्मिक तथा अन्तर–सास्कृतिक आयोग गठन गर्ने सोच अघि बढाऊने

२, नैतिकवान समाज सृजनाको लागि बिधालय स्तर वाट नैतिक शिक्षा लागु गर्ने । पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न व्यापक जनचेतना तथा असल पारिवारिक शिक्षा प्रदान गर्ने । अधिकार र स्वतन्त्रताको नामवाट नेपाल प्रवेश गरेको पश्चिमी हावाले नेपालको असल पारिवारिक मुल्यमान्यताको बिखन्डन गरेको प्रति सरकार सचेत हुनु पर्ने ।

परिवार बिखन्डन गर्ने र प्राकृतिक मूल्यमान्यता बिपरितका क्रियाकलापमा बैदेशिक सहायता रोक्ने र सरकार परिवार मजबुत बनाउने कार्यमा लाग्ने खालको बजेट ल्याउन सरकारलाई सुझाब दिएका छन् । नेपाल परिवार दलका सस्थापक समेत रहेका ढकालले निरन्तर अन्तर–धार्मिक एकता, पारिवारिक मूल्यमान्यताको जगेर्ना तथा नैतिकवान समाजको सृजना लगाएतका बिषय उठान गर्दै आएका छन् ।

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...