nic bank
himalayan everesat
Nmb bank

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्रुत गतिमा निर्माण हुन्छ : प्रमुख दाहाल

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुर काम द्रुत गतिमा निर्माण हुने बताउनुभएको छ ।

बिहिबारदेखि सुरु भएको ईन्डो नेपाल टि–२० च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले यू १९ महिला विश्वकप खेल यही रंगशालामा खेलाउने गरी निर्माणको सम्पन्न गर्ने उल्लेख गर्नुभयो।

‘फागुन १७ गते टेण्डर आह्वान भएको छ,उहाँले भन्नुभयो,‘रंगशाला निर्माण हुन्छ कि हुदैन भन्ने आशंका पनि हट्यो । महानगरले द्रुत गति रंगशला निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्छ।’

यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गराउनका लागि नेपाल क्रिकेट संघ, खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई अनुरोध गरिएको उहाँको भनाई छ ।

 

रंगशाला निर्माणको लागि संघ, प्रदेश र भरतपुर महानगरको संयुक्त रुपमा सहकार्य गरी अगाडि बढेकाले निर्माणको कार्यले छिटोभन्दा छिटो पूर्णता पाउने प्रमुख दाहालले ब ताउनुभयो ।

भरतपुर महानगरपालिका क्रिकेटमा मात्र नभई सबै प्रकारको खेलकुद गतिविधि गर्ने नेपालकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित भएको स्मरण गर्नुभयो ।

प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विगत ५ महिनादेखि निरन्तर रुपमा खेलकुद गतिविधि सञ्चालन हुँदै आइरहेको बताउनुभयो ।

अगामी चैत २६ गतेदेखि वागमती प्रदेश सरकारको आयोजनामा अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगिता भरतपुरमै हुन लागेको सो अवसरमा जानकारी दिनुभयो । प्रतियोगितामान क्रिकेट, फुटबल, भलिबल, स्वीमिङ, तेक्वान्दोलगायतका विभिन्न विद्याको खेल हुँदैछ।

महानगरपालिकाले यस अघि विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता गरिसकेको छ ।
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा यही चैत ८ (बिहीबार) देखि १८ गतेसम्म चल्ने छ ।

 

सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता र लखनउ ११ गरी ६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४९

  काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम...

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:१९

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको डेढ...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:०७

  अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा गरिएको संशोधनले...

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५८

  काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै...

श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी

श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:०१

  काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान...

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...