Nabil Bank
prabhubank
nic bank

विकासका समस्यामा योजना आयोगको निदान, सरकारलाई सहजीकरण गर्ने

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयका लागि राष्ट्रिय योजना आयोगले केही विशेष बुँदामा निर्देशन दिनुका साथै सहजीकरण गर्ने भएको छ ।

आयोगका सहसचिव प्रवक्ता यमलाल भुसालले बिहीबार राष्ट्रिय विकास समस्या समाधानको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सवारी कर, सहकारीका समस्या, आधारभूत अस्पताल, कृषि बीमा र कर्मचारी व्यवस्थापनबारे सहजीकरण गर्ने बताएका हुन् ।

‘प्रदेशहरुको सवारी करमा एकरुपता नभएकाले त्यसलाई कसरी एकरुपता गर्न सकिन्छ भनेर विषयगत समितिले छलफल गरेर समाधान निकाल्ने भनेर एउटा निर्देशन भएको छ,’ उनले भने ।

बचत तथा ऋण सहकारी संस्थाहरुमा पनि विभिन्न समस्या देखिएको उल्लेख गर्दै उनले समाधानका विषयमा पनि छलफल भएको जानकारी दिए । ‘कर्जा सूचना केन्द्रको स्थापना र व्यवस्थापन गरेर अगाडि बढ्ने की भन्ने कुरा पनि उठेको छ,’ उनले भने ।

सरकारले अघि सारेको एक स्थानीय तहमा एक आधारभूत अस्पताल सञ्चालनको योजना अलपत्र छ । त्यसका लागि आर्थिक स्रोत सुनिश्चित गर्ने विषयमा छलफल भएको उनले बताए । ‘३ सय ९६ वटा आधारभूत अस्पतालहरुमा स्रोत सुनिश्चितता भएको र केही बाकी रहेको हुनाले त्यसलाई पनि स्रोत सुनिश्चित गरेर अगाडि बढ्ने भन्ने निर्देशन भएको छ,’ उनले भने ।

एकीकृत सामाजिक विकास ऐन तर्जुमा गरेर जान गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कानुन मन्त्रालय मिलेर काम गर्नुपर्ने ठहर भएको छ । एकीकृत सामाजिक विकास ऐनको मस्यौदा गर्नका लागि निर्देशन भएको जानकारी उनले दिए ।

कृषि उत्पादन बढाउन बाली बीमा, प्रशोधन बीमा कार्यक्रम छन् । तर, सरकारी कार्यक्रम प्रभावकारी छैनन् । ‘त्यसलाई थप प्रभावकारी बनाउनका लागि दुई महिनाभित्र अध्ययन गरेर एउटा सुझावहरुसहित पेस गर्ने निर्देशन भएको छ,’ उनले भने ।

प्रदेशमा कर्मचारी व्यवस्थापनलाई थप सहजीकरण गर्न संघीय मामिला मन्त्रालयलाई निर्देशन भएको पनि उनले बताए ।

 

 

 

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्दै

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:४२

  काठमाडौं, १ जेठ । हब इन्टरनेशनल एजुकेशनले हात्तीसरमा अवस्थित...

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:३०

  काठमाडौँ, १ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:२७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै श्रममन्त्री अर्याल

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:१७

काठमाडौँ,३१ वैशाख । विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:५९

  काठमाण्डौँ, ३१ वैशाख– अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास...

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:२१

    काठमाडौं । प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी...