Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सेयर बजारमा २.७३ अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार

 

काठमाडौं । सेयर बजार परिसूचक घट्ने क्रम थामिएको छैन । साताको अन्त्मि कारोबार दिन बिहीबार नेप्से परिसूचक २.७३ अंकले घट्दै २००४.०५ विन्दुमा रह्यो । कारोबार रकम भने बुधबारका तुलनामा बढेको छ ।

६९ लाख ६३ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँ छ । हिजो नेप्से परिसूचक ५.७७ अंकले घट्दै २००४.४४ विन्दुमा बजार बन्द हुँदा ६३ लाख ५६ हजार २७९ कित्ता सेयर किनबेच भएको थियो । कारोबार रकम २ अर्ब ४७ करोड ६९ लाख २३ हजार रुपैयाँ थियो ।

आज १३ मध्ये फाइनान्स, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूह बढ्दा कारोबार रकममा सुधार देखिएको हो । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह छ ।

आज १३० कम्पनीको सेयरमूल्य घटेको छ भने १०४ को बढोत्तरी छ । ११ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।आज मानुषी लघुवित्तको सेयरमा बढोत्तरीको सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त, तारागाउँ रिजेन्सी र वीन नेपाल लघुवित्तको सेयर पनि सर्किटस्तरमा बढ्दा लगानीकर्ता फाइदामा छन् ।

आज उच्च कारोबार हुनेमा गोर्खाज फाइनान्स छ । उक्त कम्पनीको २३ करोड ३२ लाखको सेयर किनबेच भएको छ । शिवम् सिमेन्टको १८ करोड ३८ लाख, सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर ६ करोड २३ लाख रुपैयाँको किनबेच भएको छ ।

आज सेयरमूल्य घटेका कम्पनीमा पिपुल्स पावर पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा सर्वोत्तम सिमेन्ट, रिभर फल्स पावर, इमर्जिङ नेपाल, तेह्रथुम पावर कम्पनी लगायत छन् ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता...

वि.सं.२०८१ माघ ४ शुक्रवार ०८:०४

  काठमाडौँ। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको...

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...