CG Electronics
IME Life
NIMB

हिमालयन बैंकको नाफा १२ प्रतिशत बढ्यो

NIMB
Himalayan Bank

 

हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा १२ प्रतिशतले बढेको हो ।

चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको चैतमा ६ अर्ब ४९ करोड २९ लाख रुपैयाा खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब ५५ करोड २२ लाख रुपैयाँ, सञ्चालन नाफा ३ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, जगेडा कोष १९ अर्ब १५ करोड १७ लाख रुपैयाँ छ । बैंकले २ खर्ब ९८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसअवधिमा बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको चैतमा ४.५६ प्रतिशत रहेकोमा गत चैतसम्म बढेर ४.९६ प्रतिशत पुगेको छ । साथै, चैतसम्म वितरणयोग्य नाफा पनि ५ अर्ब २४ करोड २४ लाख रुपैयाँ ऋणात्मक छ ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...