CG Electronics
Ncell NPL
NIMB

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको कामगराईबाट कस्तो अनुभव सँगाल्नुभएको छ ?

मलाई कस्तो लाग्छ भने मुख्यतः काठमाडौं महानगरपालिकाको प्रहरी बलको प्रमुखमा म नियुक्त भएको आउँदो भदौं २ गते दुई वर्ष पुग्दैछ । त्यो भन्दा अगाडि म प्रमुख थिइनँ ।

म आइसकेपछि नवनियु्क्त महानगर प्रमुख, उपप्रमुख प्रमुख प्रशासकिय अधिकृतहरुसँग काम गर्न पाउँदा छुट्टै अनुभूती भइरहेको छ । पहिले म प्रमुख नभएको कारणले के कस्तो छ भन्ने कुरा समेत थाहा हुँदैनथ्यो । अहिलेको अवस्थामा इतिहासमै पहिलोचोटि कानूनले दिएको म्याण्डेट अनुसार काम गर्न कँहीकतै कुनै पनि दबाब छैन । हामी पनि मेयरसाबको जुन केही गरौं भन्ने हुटहुटी छ, काम गरौं भन्ने जाँगर छ ।

जसरी उहाँले हामीलाई केही गर्न प्रोत्साहन गर्नुहुँदा र जनताले पनि हाम्रो कामप्रति सकारात्मक व्यवहार देखाउँदा काम गर्न एकदम खुशी लाग्छ । हाम्रै पालामा केही गर्न सकिन्छ भनेर आफ्नो व्यक्तिगत र पारिवारिक जीवनबाट पर बसेर काठमाडौंलाई सुव्यवस्थित शहर निर्माणका लागि केही गर्न पाउँदा एकदम खुशी लागेको छ ।

कामको प्रेसर त होला र त्यसमा पनि आनन्द महसुस गरिरहेको छु मैले ।
चुनौति पनि धेरै होलान् नि सुरक्षा र व्यवस्थापनका । कस्ता कस्ता चुनौति बेहोरिरहनुपरेको छ ?
चुनौती त धेरै नै छन् । तर हाम्रो काम गर्ने भनेको नै महानगर सुव्यवस्थाको काम हो । शहर सुव्यवस्थाको काममा फोहोरमैलादेखि लिएर काठमाडौं महानगर क्षेत्रभित्रको सम्पूर्ण कामहरु सौन्दयीकरणको कुरादेखि लिएर सार्वजनिक जग्गा अतिक्रमण हटाउने बिषय पनि छन् । त्यसपछि अव्यवस्थित रुपमा राखिएका पसलका कुराहरु हुनसक्छन् ।

त्यस्तैगरी ध्वनी प्रदुषणका कुराहरु, अनधिकृत विज्ञापनका बोर्डहरु हटाउने कुराहरु पनि छन् । जात्रा व्यवस्थापनका कुराहरुमा सक्नेजति गरिरहेका छौं । काठमाडौं महानगर फेरि यस्तो शहर हो जहाँ सम्पदाले भरिएको शहर र मन्दिरैमन्दिरको शहर । नयाँ मेयर आएपछि जुन किसिमको जात्रा, यहाँको पर्व, यहाँको सम्पदाहरुप्रति उहाँको जुन अगाध माया छ, त्यसभित्र पनि त्यसको संरक्षण गर्ने महानगरको जिम्मेवारी हो ।

महानगरले स्थानीयस्तरमा जसरी स्वस्थ महानगर बनाउने योजना छ यस्तै काममा व्यस्तता छ । तर हामी आफ्नो कार्य क्षेत्रमा निर्वाध ढंगले काम गर्न पाउँछौं त्यसैले कामको नतिजा पनि जनताको नजरमा परिरहेकै छ ।

महानगर क्षेत्रमा अनेक किसिमका बिकासे काम भैरहेका हुन्छन् तर समन्वय भने देखिँदैन । सधैं यस्तो किन हुन्छ, कसरी काम गरिरहनु भएको छ ?

मैले महसुस गरेको सबैभन्दा ठूलो इमानदारिता हो । इमानदारितामा एक किसिमको शक्ति हुन्छ जस्तो लाग्छ मलाई ।

त्यो चुनौतीपूर्ण भएको कारणले र चुनौतीपूर्ण भएपनि हामीले आफूले सक्नेजति काम आफैंले गर्ने र हामीलाई अप्ठेरो परेको बेलामा सम्बन्धित लाइन एजेन्सीसँग सहकार्य, समन्वय गरेर उहाँहरुलाई कन्भिन्स गरेर गइरहेको अवस्था छ ।

तर अहिले कतिपय अवस्थामा हामीलाई बिहानदेखि लगातार साँझसम्म खटिँदाखेरि सरकारी निकायबाट नै गरिने कामहरुमा सहयोग भैरहेको देखिँदैन । मैले महसुस गरेको विद्युत प्राधिकरण, दुरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी योजना लगायत जुन सरकारी तथा अर्धसरकारी निकायहरुले जुन जिम्मेवार ढंगले काम गर्नुपर्ने हो त्यस्तो गरिरहनुभएको छैन ।

धुँवा र धुलोमुक्त काठमाडौं महानगर भन्ने मेयर साहबको जुन एजेण्डा छ त्यो कुरालाई साकार पार्नका लागि हामीलाई अड्चन आईराख्ने, आज खनेको खाल्डो बनाएर नपुरिदिने, जनताबाट वायु प्रदुषण भयो भन्ने गुनासो आइरहेको छ ।

त्यो गुनासो व्यवस्थापनको लागि हामी जान्छौं । कतिपय ठाउँहरुमा दुई वर्षदेखि खाल्डो खनेर छोडेको अवस्था छ । स्थानीयहरु आएर हामीसँग गुनासो गरिरहनुहुन्छ । महानगर कहिले सुत्दैन, सुत्नहुँदैन भन्ने मेयरसाबको जुन भनाई छ यसलाई कार्यान्वयन गर्नका लागि चुनौती पनि छ । त्यो चुनौतिलाई चिर्दै अगाडि बढिरहेका छौं ।

महानगरमा फुटपाथमा अनेक अवरोधहरु छन्, कतै त हिँड्दाहिँड्दै फुटपाथ कसैको घरकम्पाउण्डभित्र छिर्छ कतै हराउँछ ।

किन यस्तो भएको होला ?

यो त पक्कै पनि हो । हिजो पनि जुन सडक विस्तारको काम भयो यो अवस्था देखिएको हो । सडक विस्तारको काम हुँदाखेरि सबैभन्दा पहिलो प्राथमिकता त पैदलयात्रीलाई दिनुपर्ने हो नि त । पैदलयात्रीको हक छिन्नुहुन्न भन्ने मेयरसाबको धारणा हो ।

 

कतिपय ठाउँमा सडक निर्माण गर्दा सडकपेटि हराएको अवस्था छ । त्यो ठाउँहरुमा सडकपेटि बनाउनुपर्छ । पैदयलयात्रु नै मुख्य प्राथमिकता हुनुपर्ने हो । पैदलयात्रीलाई चाँही सहज तरिकाले हिँड्ने वातावरण सिर्जना गर्नुपर्दछ ।

धेरै कुराहरु त तपाईंलाई थाहा नै छन् संघीय सरकार मातहत रहने कुराहरु हुन् । ८ मिटर चौडाइसम्मको सडक महानगरको मातहत छ, त्यो भन्दा माथि त महानगरले हेर्दैन । प्रदेश सरकार र संघीय सरकारको मातहत रहेका छन् । आफू मातहतमा रहेका सडक र फुटपाथको त व्यवस्थापनका लागि हामी काम गरिरहेका छौं ।

महानगरवासीका कस्ता कस्ता गुनासा आउँछन् अहिले ?

हामीलाई दैनिक रुपमा गुनासोहरु आउँछन् । अस्ति भर्खरैमात्र हामीलाई एउटा क्याम्पसबाट गुनासो आयो । गेटबाट विद्यार्थीहरु निस्किदाँखेरि चुरोट तान्दै निस्किए भन्ने हामीले तुरुन्त रेस्पोन्स गर्यौं ।

हामीसँग यस्ता गुनासाहरु धेरै नै आइरहेका हुुन्छन् । समाजिक सञ्जालदेखि टेलिफोन र मेयर साहबको सचिवालयमा पनि । मलाई व्यक्तिगत रुपमा पनि गुनासोहरु आइरहेका हुन्छन् । हामी पनि गर्न खोजि नै रहेका हुन्छौं । हामीले माइकिङ गर्ने, सम्झाउने काम त जारी नै राखेका छौं ।

नमानेको खण्डमा त्यस्ता व्यक्तिहरुलाई जरिवाना गर्ने, पक्राउ गर्ने पनि कामहरु गर्दै आएका छौं । जस्तै यहाँ काठमाडौंको सन्दर्भमा गुट्खा र चुरोटको प्रयोग र फोहर व्यवस्थापनका सन्दर्भमा हामी गरि नै रहेका छौं ।

सार्वजनिक सम्पदाको एक सय मिटरको दुरीमा सेवन गर्न नदिने विषयमा पनि हामी गरि नै रहेका छौं । हाम्रो यहाँ जनचेतनाको कमि छ । हामी जनचेतना जगाउँदै कारबारी गर्ने काम पनि गर्दै अगाडि बढिरहेका छौं । हामी त्यो विषयलाई सुक्ष्म रुपले हेरिरहेका छौं कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।

महानगरका फुटपाथमा अनेक अवरोध छन्, चियापसल लगायतका ससाना पसल राख्ने अनि मानिसहरु पनि त्यतै बसेर खाने गरेका जताततै देखिन्छ । पैदलयात्रीलाई हिँड्न असुविधा भएपछि सडकमा झर्नुपर्छ अनि दुर्घटना हुनसक्छ ।

यस्ता समस्या महानगरले नै हेर्नुपर्ने होइन र ?

काठमाडौं महानगर क्षेत्रभित्र महानगरले गरिरहेको अवस्था छ । सडक भनेको सवारी साधनका लागि हो भने पैदलयात्रीका लागि फुटपाथ हो । काठमाडौंको सडक कति नै ठूलो छ र ? हिजो सडक साँधुरो भो भनेर व्यक्तिको घर नै हटाएर सडक बनाएको अवस्था छ ।

सडक र पेटि जुन प्रयोजनको लागि बनाइएको त्यही हुनुपर्छ । महानगरका व्यवसायीलाई महानगरले स्वागत गर्छ नै तर व्यवस्थित शहर र यहाँको सडक सुरक्षाको कुरालाई लिएर नागरिकको हिँड्न पाउने अधिकारलाई बेवास्ता गरेर सडक पेटिमा सार्वजनिक स्थलमा फुटपातमा व्यवसाय गर्ने कुरा महानगर नदिने पक्षमा छ । यो दिइनु पनि हुँदैन ।

तपाईंले सामाजिक सञ्जालमा हेर्नुभयो होला विगत ३० वर्षदेखि फुटपाथमा व्यवसाय गरेर सम्पन्न भएका व्यक्ति पनि त्यो सडक नछोडी बसिरहेको प्रवृति छ । त्यसकारण महानगरभित्र रहेको यो सम्पदाले भरिएको ठाउँ र सडकपेटिमा फुटपाथ व्यापारी निषेध गरिएको छ र अब कहिँकतै पनि त्यस्तो छुट दिइने छैन । नदिने नीति नै छ । सार्वजनिक स्थल र सम्पदा क्षेत्रको अतिक्रमण हटाईसकियो कि अझै बाँकी नै छ ।

कत्तिको अवरोध र दवाव सामना गर्नुपरेको छ ?

यसमा मैले आज केही त भन्नैपर्ने हुन्छ । मैले यसो भन्दा कसैको चित्त नदुखोस् । एउटा कुरा के हो भने, काठमाडौं महानगरले विगतदेखि नै खोला किनारा जहाँ हामी सुकुम्बासी तथा अव्यवस्थित बस्ति भन्छौं त्यहाँ रिक्स पनि छ ।

कतिपय नदिका किनाराहरुमा करिडोर खोल्नुपर्नेमा त्यहाँ अवरोध भएको अवस्था छ । समय समयमा विभिन्न घटनाहरु घटेको त सबैले देख्नुभएकै छ । तर यसको लागि अरु सरकारी निकायको महानगरको साथमा छैनन् ।

अरु निकाय पनि कटिवद्ध भएर त लाग्नुपर्यो नि । महानगर त अहिले पनि तयार नै छ । नदि किनाराको बाटो खोल्नुपर्दछ । यहाँ बसोबास गर्ने ८० प्रतिशतभन्दा बढी मान्छेहरुको मुलुकको कुनै न कुनै ठाउँमा घर छ । उहाँहरु आएर बस्नुभएको छ । हामीले विगत एक डेढ वर्ष अगाडि हटाउन खोज्दाखेरि हटाउन तपाईंले देख्नु नै भयो त्यत्रो विरोध भयो ।

अवाञ्छनीय गतिविधि गर्ने र यस्ता बसोबासीलाई सम्बन्धित निकायले नियन्त्रणमा लिनुपर्दछ र कारबाही गर्नुपर्दछ । अहिले पनि हामीलाई सहयोगको आशा छ, आशा गरिनै रहेका छौं । यदि सम्बन्धित निकायले हामीलाई आवश्यक्ता अनुसारको सहयोग गर्ने हो भने हामी अहिले भर्खर पाँच मिनेटमा उठेर काम गर्न हामी तयार छौं । त्यसका लागि सम्बन्धित निकायले स्वार्थमुक्त सहयोग गर्न तयार हुने हो भने हामी पाँच मिनेट भित्र मुभ हुन तयार छौं । गृह मन्त्रालय अन्तर्गतका दुई वटा प्रहरी संगठनहरु छन् ।

अरु पनि सुरक्षा निकायहरु छन् । उनीहरुसँग यहाँहरुको समन्वय कत्तिको हुन्छ ?
पहिलाको गृहमन्त्री रबि लामिछानेसँग कुरा भएको हो । उहाँसँग कुरा हुँदा तीन दिनको एक्सन प्लान बनाएर पेस गर्नु भनेको र हामी नेपाल प्रहरी सशस्त्र र हामी बसेर काठमाडौं परिसरमा बसेर एक्सन प्लान पेस पनि भएको हो ।

तीन दिन पछि त्यो विषय त्यत्तिकै रह्यो र पटक पटक मेयर सायबले पहल गरेको मलाई जानकारी छ । यो हटाउनुपर्छ भनेर पहल गरेको हो । पहल गरेपनि हटाउने भनेर कुरा हुन्छ तर अगाडि बढ्न सकेको छैन । त्यो पनि एउटा रहस्यकै कुरा रहेको छ ।

यसमा हामी लागिरहेको छौं । सुन्दर महानगर व्यवस्थित महानगर व्यवस्थित महानगर सम्पदाले भरिएको नेवारी सभ्यता बोकेको यो शहर यसलाई जिवन्त राख्नको लागि विदेशीहरुले आउँदा सभ्यता के हुन् भनेर देखाउन प्रयत्न गरिरहेको छौं । पहिला पहिला चोक चोकमा कति धेरै फोहोर हुने गथ्र्यो ।

महानगर के गरेर बसेको छ भन्ने प्रश्नहरु पनि आउने गर्थे, अहिले किन कतैपनि फोहोर नभएको त ?

महानगरले फोहोरमैलाको व्यवस्थापनको सिलसिलामा निर्मम तरिकाले काम गरेको छ । हाम्रा प्रहरीहरु फोहोरमैला हेर्ने वातावरण विभागको सबै काम महानगरले गर्छ । बिहान ६ बजेदेखि बेलुका ढिलासम्म सडकपेटिहरुमा निगरानी गरिरहेको हुन्छ । फोहोर गर्ने व्यक्तिलाई सम्झाउने र नमानेको खण्डमा उहाँहरुलाई ल्याएर कारवाही गरिरहको छौं । यतिसम्म कि म कतै जाँदा बाटोमा फोहोर देखें भने गाडिबाट झरेर सम्झाउने गर्छु । महानगरले त्यस विषयमा निर्मम तरिकाले कारवाही गरिरहेको छ । पहिलो सर्त भनेको सरसफाई हो, त्यहि विषयमा रहेर काम गरेको हुनाले त्यसैको नतिजा हो भन्ने मलाई लाग्छ ।

डम्पीङ साइड क्षेत्रमा स्थानीय जनताको कत्तिको सहयोग पाउनु भएको छ ?

राजनीतिक विषय त मैले बोल्न भएन । तैपनि स्थानीय समस्या समाधान गर्नमा महानगरले प्रयत्न गरिरहेको छ । केहि नराम्रो गतिबिधि गर्ने र धमिलो पानीमा माछा मार्ने मानिसहरुले केही चलखेल गर्न खोज्छन् । तर त्यस विषयमा हाम्रो सुरक्षा निकायसँग बसेर त्यस्ता गतिबिधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ भनेर समन्वयात्मक ढङ्गले काम भइरहेको छ ।

महानगर प्रमुख बालेन साहको कार्यशैली विगतका मेयरहरुको भन्दा फरक देखिएको छ । देशभरीका मानिसहरुले पनि यो कुरा महसुश गरिरहेका छन् । नयाँ पुस्ताका नेता र उहाँ फरक किसिमले निर्वाचित भएर आउनुभएको छ ।

उहाँसँग काम गर्दा तपाईंलाई कस्तो अनुभव भएको छ ?

कत्तिको सहज हुनुहुन्छ उहाँ ?

काम गर्न धेरै सहज छ । नबुझने मानिसले आफ्ना मात्र स्वार्थ पुरा गर्न खोज्ने र महानगरसँग मतलब नराख्ने व्यक्तिले चुनौती दिन खोज्छन् । तर इतिहासमा नै यो कालखण्ड हो जहाँ यति सजिलो काम गर्न पाईएको छ । हाम्रो नेतृत्व तहबाट काम गर्न कानुनले दिएको परिधिभित्र रहँदासम्म कुनै अवरोध छैन । महानगरको कामममा कुनै किसिमको दवाव र प्रभाव सुरु सुरुमा म नियुक्ति भएर आउँदा केही प्रयत्न भएको जस्तो लाग्छ तर पछि काँही प्रभाव दवाव केही छैन । मैले व्यक्तिगत रुपमा भन्नुपर्दा महानगरलाई सुनौलो अवसर हो, यस्तो दिनहरु महानगरको लागि न विगतमा थियो न पछि नै आउँछ जस्तो लाग्छ मलाई । यति धेरै जनसङ्ख्या भएको महानगरपालिकाको सुरक्षा प्रमुख हुनुहुन्छ तपाईं ।

यस्तो व्यस्त रहने जिम्मेवारी भएको मानिसको एक दिन कसरी बित्छ ?

म बिहान ५ बजे नै उठ्छु । सामान्यतया बिहान ७ बजेभित्र कार्यालय आइ नै सक्छु । बेलुका ८ बजेसम्म पनि बस्छु । कहिले ९–१० सम्म यहि हुन्छु । घर गएर बिहान १–२ बजे निदाको हुन्छु । काम केके छन् त भनेर योजना बनाइरहेको हुन्छु । हामी नतिजामुखि काम गर्ने हो । नतिजा जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको छ कि छैन । त्यो गर्न हामी निरन्तर रुपमा छलफलमा छौं । केहि कमि कमजोरी भए सच्याउने काम भइरहेको छ । मेरो दुई वर्षदेखिको समय मेरो सम्पूर्ण सोचविचार महानगरलाई व्यवस्थित कसरी गर्ने भनेर म लागिरहेको छु । म कुर्सिमा भन्दा पनि बाहिर फिल्डमा रमाउँछु ।

फिल्डमा पुग्दा आफुले देखिन्छ आफुले देखेपछि अरुलाई भन्न पनि सजिलो हुन्छ । म स्वयम् फिल्डमा खटिँदा अफिसरहरु र जवानहरुलाई पनि उत्प्रेरणा मिल्छ । म आफैं गएर जे देखिन्छ र के सुधार्न पर्ने हो । तत्काल एक्सनमा जानुपर्छ भन्ने हिसाबले महानगर प्रहरी बलको नियन्त्रणमा र महानगरको कल सेन्टरमा हजारौ गुनासो आउँछन् । दश देखि १५ मिनेटमा हामीले गुनासो सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ । महानगरप्रति एक किसिमको विश्वास बढेको महशुस भएको छ र सुशासन छ भनेर जनताले जुन दिन अनुभुति गर्नुहुन्छ । त्यहि दिन हामीलाई सफल भएको अनुभूति हुन्छ ।

तपार्इं आफैंलाई चैं महानगरवासीले कसरी हेर्छन् र के भन्छन् जस्तो लाग्छ ?

महानगर प्रहरीले पहिला कस्तो काम गथ्र्यो म नेतृत्वमा थिइनँ । तर मलाई खुसी लाग्छ जनतामा जाँदा एककिसिमको उत्साह मायाँ पाउने गरेको छु । त्यहि नै हो हाम्रो काम गर्ने उर्जा । हाम्रो लागि त्यहि हो शक्ति जस्तो लाग्छ । जहाँ पुग्दा पनि चिया अफर गर्नुहुन्छ । मसँग फोटो खिच्नुहुन्छ । यो जनताको माया हो, विश्वास हो जस्तो लाग्छ । यसले मलाई आनन्द आउँछ । जनता हाम्रो काम कारवाहीबाट सन्तुष्ट हुनुभयो भने ठूलो कुरा त्यहि हो । आफ्नो काम कारवाहीले स्वाभाविक रुपमा त्यो नजिता आउँछ जस्तो लाग्छ मलाई ।

राजु पाण्डेले महानगरमा आतङ्कै मच्चाए पनि भन्छन् नि मानिसहरु, यस्तो पनि सुन्नुभएको छ ?

कानुन विपरित हुने कारवाहीमा अवरोध गर्दा महानगर प्रहरीले सम्पादन गर्ने काममा अवरोध खडा गर्ने मानिसहरुका लागि म आतंक नै हूँ । तर महानगर सुव्यवस्थित हुनुपर्छ र महानगर सुदृढ र सुशासन हुनुपर्छ भन्नेको लागि नहुन सक्छ । मैले आतंक मच्चाएँ भनेर भन्नेहरु भनेका महानगर व्यस्थित गर्ने सिलसिलामा हामीलाई असहयोग गर्ने तत्वहरु हुन् ।

महानगरबासीलाई सुरक्षा प्रमुखको नाताले के सन्देश दिन चाहनुहुन्छ ?

महानगर व्यस्थित गर्ने सिलसिलामा हामीलाई सहयोग गर्नुहुन आग्रह गर्छु । अब आउने पुस्ताहरुलाई हामीले भन्दा पनि हाम्रा छोरा छोरीको भविष्को लागि हामीले काम गर्नुपर्ने छ ।

आफ्नो छोराछोरीलाई सम्झेर कस्तो शहरको परिकल्पना गरिरहेको छन् ?

त्यो सम्झेर उहाँहरुले सहयोग गर्नुभयो भने हामीलाई ठूलो सहयोग मिल्ने छ । सबैलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।

 

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...