CG Electronics
IME Life
NIMB

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

NIMB
Himalayan Bank

 

पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म पुग्न नसकेको भन्दै फेरि नयाँ क्रान्तिको आवश्यकता भएको बताएका छन् ।

राजधानीमा बुधबार आफ्नो पुस्तक ‘अधुरा क्रान्ति, संघर्ष मातृभूमिका लागि’ विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिलेसम्म भएका सबै आन्दोलन अधुरो नै रहेको दाबी उनले गरे । एकल चिन्तन सोचबाट देशको शासन र संविधान चलेको अवस्थामा क्रान्ति आवश्यक भएको उनको धारणा छ ।

उनले भने, ‘यो देशमा जति पनि परिवर्तनका लागि आन्दोलन संघर्ष भए, क्रान्ति भए त्यो कुनै पनि क्रान्ति र संघर्षले पीडामा परेको जनतालाई न्याय दिन सकेन ।

त्यो आन्दोलनको लक्ष्य पूरा भएको महसुस भएको छैन । यस अर्थमा नेपालमा क्रान्तिको आवश्यकता अझै पनि छ । एकल चिन्तन सोचबाट देशको शासन र संविधान बनाउने, आफ्नो हातले आफ्नै पिठ थपथपाउने, अनि सबै भइसक्यो भन्ने यो अवस्थामा फेरि पनि क्रान्तिको आवश्यकता छ ।’

उनले आफ्नो पुस्तक उत्पीडित जनताले भोगेका उत्पीडनको पुलिन्दा भएको बताए । उनले भने, ‘यो पुस्तक वास्तवमा भन्नुपर्दा उत्पीडित जनताको उत्पीडनको पुलिन्दा हो । यो देशमा पीडामा परेको मधेसी, आदिवासी, जनजाती, दलित, मुस्लिम, थारु लगायत उत्पीडनमा परेको जनताको पीडाको पुलिन्दा हो । त्यो मैले भन्ने प्रयास गरेको छु ।’

अहिलेसम्म जति क्रान्ति भए त्यो सबै अधुरा भएको कारणले पनि आफ्नो पुस्तकको नाम ‘अधुरा क्रान्ति’ भएको उनको भनाइ छ । उनले यो पुस्तक सात वर्ष लामो यात्रा गरेर आज यहाँ आइपुगेको भन्दै लेखनमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गरे ।

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...