Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न नसक्नु दुखद्’

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले नेपाल आफै सबै क्षेत्रबाट पूर्णरुपमा आत्मनिर्भर बन्न नसक्नु दुखद् विषय रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार फास्ट फुड एशोसियन नेपालको क्यालेन्डर विमोचन गरेपछि उनले यस्तो बताएका हुन् । विकासको गति र आर्थिक कृयाकलापको दृष्टिले नेपाल आफैंमा पूर्णरुपमा आत्मनिर्भर बन्न नसक्दा जनशक्ति पलायन बाध्यात्मक अवस्था रहेको उनले बताए ।

उनले भने, ‘विकासको गतिको दृष्टिले, आर्थिक कृयाकलापको दृष्टिले र हर दृष्टिले पछि परेको हाम्रो मुलुक जो आफैमा पूर्णरुपमा आत्मनिर्भर बन्न सकिराखेको छैन, अहिलेसम्म पनि छैन । हाम्रो मुलुकको समस्या अरु मुलुकको जस्तो होइन, विशिष्ट खालको समस्या छ ।

जसले गर्दा अहिले हामी सामान्य रोजगारको निमित्त पनि छिमेकी मुलुकको अथवा तेस्रो मुलुकमा पलायन हुनुपर्ने अवस्था छ ।’

कुनै पनि व्यवसायमा प्रतिस्पर्धाका बीच नाफा कमाउने कुरा एकदमै चूनौतीपूर्ण हुने बताएका उनले फास्ट फुड एशोसिएन प्रतिस्पर्धासँगै नाफा पनि कमाउन सफल हुनु प्रशंसनीय रहेको बताए । मुलुकमै रोजगारी सृजना गर्न र विदेश पलायन हुने नेपालीलाई देशमै रोक्न राज्यको तर्फबाट व्यवसायलाई संरक्षण गर्न आवश्यक रहेको भनाइ पनि उनले राखे ।

उनले भने, ‘प्रतिस्पर्धाका बीचमा पनि नाफा कमाउने कुरा एकदमै चुनौतीपूर्ण हो । तर यो संस्थाले प्रतिस्पर्धासँगै नाफा पनि कमाइरहेको छ । यो एकदमै प्रशंसनीय छ । राज्यको तर्फबाट यसलाई संरक्षण गर्नुपर्छ, रक्षा गर्नुपर्छ ।

त्यसो भएपछि मात्रै हामीले मुलुकमै रोजगारी सृजना गर्न सक्छौं । विदेश पलायन हुने नेपालीलाई देशमै रोक्न सक्छौं । र, आर्थिक उपार्जनलाई बढाएर मुलुकलाई आत्मनिर्भर बनाउन सक्छौं ।’

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...