CG Electronics
IME Life
NIMB

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न नसक्नु दुखद्’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले नेपाल आफै सबै क्षेत्रबाट पूर्णरुपमा आत्मनिर्भर बन्न नसक्नु दुखद् विषय रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार फास्ट फुड एशोसियन नेपालको क्यालेन्डर विमोचन गरेपछि उनले यस्तो बताएका हुन् । विकासको गति र आर्थिक कृयाकलापको दृष्टिले नेपाल आफैंमा पूर्णरुपमा आत्मनिर्भर बन्न नसक्दा जनशक्ति पलायन बाध्यात्मक अवस्था रहेको उनले बताए ।

उनले भने, ‘विकासको गतिको दृष्टिले, आर्थिक कृयाकलापको दृष्टिले र हर दृष्टिले पछि परेको हाम्रो मुलुक जो आफैमा पूर्णरुपमा आत्मनिर्भर बन्न सकिराखेको छैन, अहिलेसम्म पनि छैन । हाम्रो मुलुकको समस्या अरु मुलुकको जस्तो होइन, विशिष्ट खालको समस्या छ ।

जसले गर्दा अहिले हामी सामान्य रोजगारको निमित्त पनि छिमेकी मुलुकको अथवा तेस्रो मुलुकमा पलायन हुनुपर्ने अवस्था छ ।’

कुनै पनि व्यवसायमा प्रतिस्पर्धाका बीच नाफा कमाउने कुरा एकदमै चूनौतीपूर्ण हुने बताएका उनले फास्ट फुड एशोसिएन प्रतिस्पर्धासँगै नाफा पनि कमाउन सफल हुनु प्रशंसनीय रहेको बताए । मुलुकमै रोजगारी सृजना गर्न र विदेश पलायन हुने नेपालीलाई देशमै रोक्न राज्यको तर्फबाट व्यवसायलाई संरक्षण गर्न आवश्यक रहेको भनाइ पनि उनले राखे ।

उनले भने, ‘प्रतिस्पर्धाका बीचमा पनि नाफा कमाउने कुरा एकदमै चुनौतीपूर्ण हो । तर यो संस्थाले प्रतिस्पर्धासँगै नाफा पनि कमाइरहेको छ । यो एकदमै प्रशंसनीय छ । राज्यको तर्फबाट यसलाई संरक्षण गर्नुपर्छ, रक्षा गर्नुपर्छ ।

त्यसो भएपछि मात्रै हामीले मुलुकमै रोजगारी सृजना गर्न सक्छौं । विदेश पलायन हुने नेपालीलाई देशमै रोक्न सक्छौं । र, आर्थिक उपार्जनलाई बढाएर मुलुकलाई आत्मनिर्भर बनाउन सक्छौं ।’

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...