CG Electronics
IME Life
NIMB

जलविद्युत सम्बन्धि नीति परिवर्तन भएको छैन : अर्थमन्त्री पुन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

अर्थमन्त्री वर्षमान पुनले १५ वर्षदेखिकै जलविद्युत सम्बन्धि नीति अहिले पनि केही परिवर्तन नभइ निरन्तर रहेको बताएका छन् ।

लगानी सम्मेलन २०२४ बारे सोमबार काठमाडौंमा आयोजित सम्पादकहरुसँगको छलफलमा उनले डेढ दशकदेखिकै जलविद्युत सम्बन्धि नीति अहिले पनि केही परिवर्तन नभएको भन्दै सरकार परिवर्तनको यसमा कुनै सम्बन्ध नरहेको प्रष्टीकरण दिए ।

सरकारले जलविद्युत लगायत विभिन्न उद्योगका क्षेत्रमा लगानीकर्तालाई हतोत्साही नगरेको उनको भनाइ छ । सरकार परिवर्तनले नीतिहरु हतार हतार परिवर्तन नहुने प्रष्ट पारेका उनले गर्न सकिनेसम्म सरकार लचिलो हुने बताए ।

‘१५ वर्षदेखि जलविद्युत सम्बन्धि नीति निरन्तर छ, परिवर्तन भएको छैन् । १५ वर्षमा १७–१८ वटा सरकार परिवर्तन भए होलान्, यो चाहिँ गणतन्त्र स्थापनापछि २०६५ सालको पहिलो बजेटमा जे भन्यो त्यही कुरा अहिले पनि छ । सुरुको १० वर्षसम्मको आयकरका लागि पूरै छुट हुन्छ । त्यसपछिको बाँकी ५ वर्षको लागि ५० प्रतिशत छुट हुन्छ । यसमा परिवर्तन भएको छैन ।

लगानी पनि आइरहेको छ,’ उनले भने, ‘सिमेन्टमा खानीसम्मलाई बाटो पु¥याउँछौं र उद्योगसम्म विद्युत पु¥याइदिन्छौं, निःशुल्क भनेको छौं । त्यो नीतिमा परिवर्तन छैन् । १५ वर्ष अगाडिको आयातबाट निर्यात गर्ने ठाउँमा पुग्यौं । नीतिको निरन्तरता छ । सरकार परिवर्तनको यसमा कुनै साइनो छैन ।’

उनले अहिलेको लगानी सम्मेलनपछि नीति पनि परिवर्तन हुन्छ कि आसंका उत्पन्न भएको भन्दै नीतिगत निरन्तरता सरकारको जोड रहेको स्पष्ट पारे । लगानी सम्मेलन भनेकै लगानीमैत्री वातावरण र नाफामा आधारित रहने भएकाले पार्टी, सरकार गठबन्धन विशेषको नहुने बताए ।

उनले भने,‘सरकार परिवर्तन हाम्रो कयौं निर्वाचन प्रणालीहरु हाम्रो राजनीतिक संक्रमणहरुले भइराख्दो रहेछ । सरकार परिवर्तन भएको छ, तर नीतिगत निरन्तरता हाम्रो जोड छ । अहिलेको सम्मेलनले पनि हाम्रो नीतिहरु परिवर्तन हुँदैनन् । लगानीमैत्री वातावरण बनाउने हो ।

हामी यसलाई कुनै पार्टी,सरकार गठबन्धन विशेषको हुँदैन । पुँजीको विशेषता भनेको लगानीमैत्री वातावरण र नाफा हो ।’
मन्त्री पुनले लगानी सम्मेलनको पहिलो र दोस्रो अनुभव रहेकाले गर्दा पनि तेस्रो सम्मेलनमा पनि सफल हुने विश्वास व्यक्त गरे ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...