CG Electronics
IME Life
Ncell NPL

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुन : सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म संचालनमा रहने छ ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु.५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.७५० सम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष विशेष योजनाहरु सार्वजनिक गर्दै आएको छ ।
यसअघि पनि ३ महिना संचालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः संचालन गरिएको हो ।

बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड

नेपाल इन्स्योरेन्स कम्पनीलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:५०

    काडमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्रमा स्थापित तथा...

यती एअरलाईन्स लिमिटेडको साधारण शेयर निष्काशनका लागि

यती एअरलाईन्स लिमिटेडको साधारण शेयर निष्काशनका लागि

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:४६

काडमाडौँ । श्री यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक...

खल्तीले ल्यायो ‘सुपर वालेट’ सुविधा, सबै केवाइसी प्रमाणित प्रयोगकर्ताका लागि खुला

खल्तीले ल्यायो ‘सुपर वालेट’ सुविधा, सबै केवाइसी...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:३९

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक Khalti ले आफ्ना सम्पूर्ण...

काठमाडौँमा ‘गीता मैत्री मिलन २०८३’ भव्य रुपमा सम्पन्न

काठमाडौँमा ‘गीता मैत्री मिलन २०८३’ भव्य रुपमा...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:२०

काठमाडौँ । विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:१७

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

एमएडब्लु समूहविरुद्धका आरोप तथ्यहीन र दुर्भावनापूर्ण : कम्पनीको स्पष्टिकरण

एमएडब्लु समूहविरुद्धका आरोप तथ्यहीन र दुर्भावनापूर्ण :...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:०९

काठमाडौं । एमएडब्लु समूह ले आफूविरुद्ध लगाइएका भन्सार छली, भ्याट...