CG Electronics
IME Life
NIMB

एमएडब्लु समूहविरुद्धका आरोप तथ्यहीन र दुर्भावनापूर्ण : कम्पनीको स्पष्टिकरण

NIMB
Himalayan Bank

काठमाडौं । एमएडब्लु समूह ले आफूविरुद्ध लगाइएका भन्सार छली, भ्याट छली तथा कर छलीसम्बन्धी आरोपहरू पूर्ण रूपमा तथ्यहीन, भ्रामक र दुर्भावनापूर्ण भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता नं. ६३८४ मार्फत दर्ता गरिएको उजुरी कुनै ठोस तथ्य, प्रमाण वा कानुनी आधारबिना कम्पनीको व्यापार–व्यवसायमा क्षति पुर्‍याउने उद्देश्यले ल्याइएको कम्पनीको दाबी छ।

कम्पनीले केवल उजुरीका आधारमा उद्योगी तथा व्यवसायीलाई दोषी ठहर गरी मिडिया ट्रायल गर्नु उचित नभएको उल्लेख गर्दै यस्ता गतिविधिले व्यवसायीहरूको मनोबल कमजोर बनाउने र लगानीमैत्री वातावरणमा नकारात्मक असर पार्ने जनाएको छ।

एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिले Foton ब्रान्डका विद्युतीय सवारीसाधनहरू अन्तर्राष्ट्रिय मान्यताअनुसार सही एचएस कोडमा घोषणा गरी भन्सार कार्यालयबाट आवश्यक जाँचपास तथा सम्पूर्ण महसुल तिरेर कानुनअनुसार आयात गर्दै आएको स्पष्ट पारेको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा आयात गरिएका इभी सवारीसाधनलाई महालेखापरीक्षकको कार्यालयले फरक एचएस कोडमा वर्गीकरण गरी बेरुजु उठाएको थियो। यो विषय प्रशासनिक बेरुजुसँग सम्बन्धित भएको र यसलाई भन्सार छलीजस्तो फौजदारी अपराधका रूपमा प्रस्तुत गर्नु भ्रामक भएको कम्पनीको भनाइ छ।

उक्त विषयमा कम्पनीले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको तथा अदालतबाट २०८२ असोज ८ गते भन्सार कार्यालयको पत्राचार कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको जनाएको छ। मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा भन्सार छलीको आरोप लगाइनु न्यायिक प्रक्रियामाथिको हस्तक्षेप भएको कम्पनीको तर्क छ।

त्यस्तै, मोरङ अटो वक्र्ससँग जोडिएको भ्याट छलीको आरोपबारे पनि कम्पनीले स्पष्टिकरण दिएको छ। कम्पनीका अनुसार आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयले निर्धारण गरेको कर, ब्याज र जरिवाना पूर्ण रूपमा तिरिसकिएको छ र कुनै आर्थिक दायित्व बाँकी छैन। साथै ‘कम्पनी बन्द रहेको’ भन्ने दाबी समेत असत्य रहेको कम्पनीले जनाएको छ।

एमएडब्लु समूहले आफ्ना सबै कम्पनीहरू नेपालका प्रचलित कानुन तथा नियामक निकायको निगरानीमा सञ्चालन हुँदै आएको र भ्याट, आयकरलगायत सम्पूर्ण कर दायित्व नियमित रूपमा तिर्दै आएको जनाएको छ। कम्पनीले आफू कुनै पनि फौजदारी प्रकृतिको गतिविधिमा संलग्न नरहेको दाबी गरेको छ।

एमएडब्लु समूह नेपालका धेरै कर तिर्ने कम्पनीहरूमध्ये एक रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा लगातार दुई वर्ष सेवा व्यवसायतर्फ सर्वाधिक आयकर दाखिला गर्ने कम्पनीका रूपमा एमएडब्लु हायर पर्चेज प्रा.लि. लाई आन्तरिक राजस्व कार्यालय विराटनगरले सम्मानित गरेको जनाएको छ।

कम्पनीले स्थापनाकालदेखि नेपालको यातायात क्षेत्रलाई आधुनिक बनाउन विश्वस्तरीय प्रविधियुक्त सवारीसाधनको बिक्री–वितरण गर्दै आएको तथा स्वदेशी लगानी र उत्पादन क्षमताको विस्तारमा योगदान पुर्‍याउँदै आएको दाबी गरेको छ।

हाल समूहले देशभर पाँच हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको तथा आर्थिक वर्ष २०८१/०८२ मा साढे ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व राज्यलाई बुझाएको जनाएको छ।

 

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...