CG Electronics
IME Life
Ncell NPL

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले नेता एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ अगामी आर्थिक वर्षको बजेटमा गाँजा खेतीलाई वैधानिकता दिने सरकारको निर्णयले आफ्नो मागले सार्थकता पाएको बताएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तामाङले विश्व स्वास्थ्य संगठनले समेत गाँजालाई औषधीय गुण भएको वनस्पति उल्लेख गरिसकेको भन्दै सरकारको यो निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

उनले भने, ‘गाँजा खेतीको व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयकलाई २०७६ फागुन १९ गते गैरसरकारी विधेयकका रुपमा दर्ता गरेका थियौं । विश्व स्वास्थ्य संगठनले समेत गाँजा हानिकारक लागुऔषधि होइन, औषधीय गुण भएको वनस्पति भएको बताएको छ । उसले यसलाई हानिकारक लागुऔषधको सूचीबाट हटाएको छ । पछि लामो समयसम्म पनि हामीले अघि सारेको विधेयक पास हुन नसकेको अवस्थामा गत आर्थिक वर्षको बजेटमा गाँजालाई औषधीय प्रयोजनको लागि खुला गर्ने बोलेको भए पनि सरकारले बाँकी प्रक्रिया अगाडि बढाएन । अहिले बजेटमा समेटेको छ ।’

 

मंगलबार अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गाँजा खेतीलाई वैधानिकता दिई, आवश्यक कानुन बनाउने र कोदोको रक्सीको ब्राण्डिङको विषयमा वक्तव्य दिएका थिए ।

तामाङले भने, ‘हिजोमात्र संसदमा भएको बजेट भाषणको ४९ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोजनका लागि यसको खेती गर्ने र आवश्यक कानुन बनाउने उल्लेख गरिएको छ । त्यसपछि बजेटकै ९४ नम्बर बुँदामा कोदोको रक्सीको उत्पादन, बजारीकरण र कानुनी व्यवस्था मिलाउने उल्लेख गरिएको छ । त्यसकारण सरकारलाई धेरै धन्यावाद दिन चाहन्छु ।’

सरकारले गाँजाको वैधानिकताबारे बजेटमा समावेश गरिसकेको भन्दै अब प्रहरीले गाँजा फडानी गर्न आए प्रतिवाद गर्न समेत उनको आग्रह थियो ।

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...