Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

 

काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले नेता एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ अगामी आर्थिक वर्षको बजेटमा गाँजा खेतीलाई वैधानिकता दिने सरकारको निर्णयले आफ्नो मागले सार्थकता पाएको बताएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तामाङले विश्व स्वास्थ्य संगठनले समेत गाँजालाई औषधीय गुण भएको वनस्पति उल्लेख गरिसकेको भन्दै सरकारको यो निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

उनले भने, ‘गाँजा खेतीको व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयकलाई २०७६ फागुन १९ गते गैरसरकारी विधेयकका रुपमा दर्ता गरेका थियौं । विश्व स्वास्थ्य संगठनले समेत गाँजा हानिकारक लागुऔषधि होइन, औषधीय गुण भएको वनस्पति भएको बताएको छ । उसले यसलाई हानिकारक लागुऔषधको सूचीबाट हटाएको छ । पछि लामो समयसम्म पनि हामीले अघि सारेको विधेयक पास हुन नसकेको अवस्थामा गत आर्थिक वर्षको बजेटमा गाँजालाई औषधीय प्रयोजनको लागि खुला गर्ने बोलेको भए पनि सरकारले बाँकी प्रक्रिया अगाडि बढाएन । अहिले बजेटमा समेटेको छ ।’

 

मंगलबार अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गाँजा खेतीलाई वैधानिकता दिई, आवश्यक कानुन बनाउने र कोदोको रक्सीको ब्राण्डिङको विषयमा वक्तव्य दिएका थिए ।

तामाङले भने, ‘हिजोमात्र संसदमा भएको बजेट भाषणको ४९ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोजनका लागि यसको खेती गर्ने र आवश्यक कानुन बनाउने उल्लेख गरिएको छ । त्यसपछि बजेटकै ९४ नम्बर बुँदामा कोदोको रक्सीको उत्पादन, बजारीकरण र कानुनी व्यवस्था मिलाउने उल्लेख गरिएको छ । त्यसकारण सरकारलाई धेरै धन्यावाद दिन चाहन्छु ।’

सरकारले गाँजाको वैधानिकताबारे बजेटमा समावेश गरिसकेको भन्दै अब प्रहरीले गाँजा फडानी गर्न आए प्रतिवाद गर्न समेत उनको आग्रह थियो ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...