CG Electronics
IME Life
NIMB

असहज आर्थिक परिस्थितिमा आएको बजेट सन्तुलित : अध्यक्ष केसी

NIMB
Himalayan Bank

 

काठमाडौँ । बैर्कस संघका अध्यक्ष सुनिल केसीले असहज आर्थिक परिस्थितिबाट देश गुज्रिएको समयमा सरकारले ल्याएको बजेट सन्तुलित भएको धारणा राखेका छन् ।

आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरूमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्तर्क्रियामा अध्यक्ष केसीले नेपालको असहज आर्थिक अवस्थाको समयमा आएको बजेटले सबै क्षेत्रलाई सन्तुलित रुपमा समेटेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘अत्यन्त विषम परिस्थितिमा र अन्तर्राष्ट्रिय रूपमा पनि अप्ठेरो भइरहेको परिस्थितिमा यो बजेट आएको छ। बजेटबाट धेरैले विभिन्न क्षेत्रबाट आशा राखेका थिए । विशेषगरी वर्षमान पुन अर्थमन्त्री भइसकेपछि ठूलो आशा थियो । यो बीचमा जुन किसिमले बजेट आयो त्यसलाई अहिलेको समय अनुसार हामीले सन्तुलित भएर आएको बजेटको रूपमा लिएका छौं ।’

इस्टार्टअपसँग जोडेर पर्यटन, हाइड्रोपावर, ऊर्जा, आईटी इन्डस्ट्रि, कृषिलगायत पाँच क्षेत्रमा प्लान रूपमा बजेट आएको उल्लेख गर्दै केसीले त्यसले नेपालको बैंकिङ क्षेत्रलाई आगामी वर्ष धेरै अवसरहरू प्रदान गर्ने बताए ।

उनले रियल अर्थतन्त्रमा प्रभाव पर्ने क्षेत्र यिनै पाँच भएको उल्लेख गरे । सरकारले त्यसैमा बजेट केन्द्रित गरेकोले बैंकिङ क्षेत्रले आगामी वर्ष काम गर्ने धेरै अवसर पाउनेमा केसीले जोड दिए ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

कामना सेवा विकास बैंकद्वारा झापाको दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा झापाको दुर्गा माध्यमिक...

वि.सं.२०८३ असार ११ बिहीवार १७:२७

  काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...