CG Electronics
IME Life
NIMB

राजनीतिक संलग्नताको आरोपमा शिक्षकलाई कारवाही गरे संगठित प्रतिकार गर्ने पेशागत महासंघको घोषणा

NIMB
Himalayan Bank

काठमाडौं । १८ जेठ पेशागत महासंघ नेपालले राजनीतिक संलग्नताको आरोपमा शिक्षकहरुमाथि कारवाही भए संगठित प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

शिक्षा मन्त्री सुमना श्रेष्ठको कारवाही गर्ने अभिव्यक्तिले शिक्षकहरुमा आतंक छाएको भन्दै महासंघले शुक्रवार पत्रकार सम्मेलनमार्फत पूर्वाग्रह राखेर शिक्षकहरुमाथि कारवाही भए देशभर संगठित प्रतिकार गर्ने चेतावनी दिएको हो ।

‘जनतालाई चेतना र जागरणको उर्जा संचार गर्ने, जनताको हक र अधिकार प्राप्तिको आन्दोलनमा बौद्धिक नेतृत्व प्रदान गर्ने शिक्षक वर्गलाई राजनीतिक संलग्नताको आरोप लगाउँदै कारवाहीको आतंक सिर्जना गर्ने माननीय सुमना श्रेष्ठको अभिव्यक्ति र व्यबहारको यो बैठक भत्र्सना गर्दछ’ महासंघको विज्ञप्तिमा भनिएको छ,‘त्यस किसिमको अभिव्यक्ति र कार्वाहीलाई संगठित रुपमा प्रतिकार गर्ने र शिक्षण पेशाप्रति अझ थप निष्ठा र ईमान्दारिताका साथ प्रस्तुत हुने ।

शिक्षकहरुको आत्मसम्मान कदर गर्न र मनोवल उच्च राख्न यस किसिमका गैर जिम्मेवार अभिव्यक्ति फिर्ता लिन यो बैठक शिक्षा मन्त्रीलाई आग्रह गर्दछ, साथै सबै राजनीतिक दलहरुलाई उपरोक्त विषयमा गम्भीर रहन ध्यानाकर्षणसमेत गर्दछौं ।’

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले आफूलाई साथ नदिएपछि पूर्वाग्रह राखेर मन्त्री श्रेष्ठले कारवाही गर्ने अभिव्यक्ति दिएको आरोप लगाउँदै विगतमा जस्तै शिक्षकहरुले मुलुक ठप्प पार्ने दिन आउनसक्ने चेतावनी दिए ।

‘जिम्मेवार पदमा बसेपछि विना विश्लेषण र अनुसन्धान पोलिटिकल स्टन्टवाजका लागि लोकरी झ्याईंकै लागि अभिव्यक्ति दिने कुरा गलत छ’ ढकालले प्रश्न गरे,‘अहिले मुलुक गणतान्त्रिक अभ्यासमा हिाडिरहेको छ ? यसमा अहिले के अबरोध सिर्जना भयो , मन्त्रीहरुकै भाग खोस्नेगरी शिक्षकहरुले कहाँ, कसरी राजनीति गरे ?’
शिक्षकहरुले गाउँगाउँमा चेतना र जागरण पैदा गर्ने काम गरेको भन्दै ढकालले अहिले नै शिक्षकहरुमाथि कारवाहीको प्रसंग उठ्न’ गम्भीर विश्लेषण गर्ने विषय भएको बताए ।

‘शिक्षकलाई पढाउनका लागि प्रोत्साहित गर्नुपर्ने, मनोवल उठाउनुपर्ने ठाउँमा हतोत्साहित गर्ने काम भइरहेको छ ।

 

यसमा हाम्रो घोर आपत्ति छ । मैले सामान्य ढंगले मात्र भनेको छैन, शिक्षकहरुले फेरि पनि मुलुक ठप्प बनाउने स्थिति नआवस्’ चेतावनीको शैलीमा ढकालले भने,‘कुर्चीमा पुग्न शिक्षकको सहयोग लिने तर कुर्चीमा पुगेपछि आँखै नदेख्ने ?’ ढकालले भने ।

टेरामेक्स जोडिएका पदाधिकारीलाई संरक्षण गरेर उज्यालो ज्योती फैलाउने शिक्षकमाथि कारवाही गर्न खोजेको भन्दै ढकालले थप चेतावनी दिए–‘अरिगालको गोलोमा ढुंगा हान्ने काम नहोस् ।’

 

महासंघले विद्यालय शिक्षक ऐन, संघीय निजामती ऐन पास गर्न ध्यानाकर्षण गराएको छ । त्यस्तै, पूर्वाग्रहका आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न पनि माग गरेको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...