CG Electronics
IME Life
NIMB

ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला

NIMB
Himalayan Bank

 

 

सूचना प्रविधिको क्षेत्रमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनको लागि ह्वावेले आवेदन माग गरेको छ । ह्वावेले आफ्नो ‘सिड्स फर द फ्युचर नेपाल २०२४’ का लागि आवेदन दर्ता खुला गरेको हो । स्नातक तहका विद्यार्थीले वेबसाइटमार्फत् आवेदन दर्ता गर्न सक्छन् । कम्पनीकाे वेबसाइटमा गएर जुन ९ तारिखसम्म आवेदन दिन सकिने हुवावे नेपालले जनाएको छ ।

‘सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो ह्वावेको चौथो वर्ष हो। यस बृहत् कार्यक्रममार्फत ह्वावेले नेपालमा आईसीटी पारितन्त्र प्रवर्द्धन डिजिटलाइजेशन, नवप्रवर्तन, उद्यमशीलता, र दिगोपनको सेशनद्वारा गरेको छ।

कार्यक्रमको उदघाटन ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत, ह्वांगजुनको स्वागत मन्तव्यबाट सुरु भएको थियो जहाँ ह्वावे नेपालका सिटिओ, एन्ड्रयु पेङ्गले मुख्य मन्तव्य प्रस्तुत गरे। नेपालका लागि चीनका राजदूत; एच ई चेन सोङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव; विश्वबाबु पुडासैनी, काठमाडौं विश्वविद्यालयका उपकुलपति; भोला थापाको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो। कार्यक्रममा अन्य सरकारी अधिकारीहरु, विभिन्न विश्वविद्यालयका डीन तथा प्राध्यापकहरु तथा विभिन्न संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।

 

नेपालका लागि जनवादी गणतन्त्र चीनका असाधारण र पूर्ण शक्तिका राजदूत महामहिम चेन सोङ्गले भने, “ह्वावे नेपालमा २५ वर्षदेखि राम्रोसँग कनेक्टेड विश्व निर्माण गर्न समर्पित छ । ‘सीड्स फर द फ्युचर कार्यक्रम’ नेपालमा युवा प्रतिभाको पालनपोषण र नवप्रवर्तनको लागि एउटा ज्वलन्त उदाहरण हो । यो नवप्रवर्तन पहलले ज्ञान विस्तार र क्षमता निर्माणलाई प्रतिबिम्बित गर्दछ, जुन कुनै पनि समाजको उन्नतिको लागि महत्त्वपूर्ण छ ।”

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले भने- “ह्वावेको उपस्थिति व्यापारिक प्रयासहरू मार्फत मात्र नभएर क्याम्पस भर्ना, ज्ञान हस्तान्तरण र विश्वविद्यालयको सहकार्यका साथै सीड्स फर द फ्युचर जस्ता स्थानीय प्रतिभा कार्यक्रमहरूको निरन्तर पहलद्वारा पनि आईसीटी क्षेत्रमा साँच्चिकै रूपान्तरणकारी भएको छ ।”

ह्वावेका प्रमुख कार्यकारी अधिकृत ह्वांगजुनले भने, “यो कार्यक्रमद्वारा ह्वावेले उज्ज्वल दिमागको विकासको प्रतिबद्धता गरि, प्राविधिक नवाचार र अन्तर-संस्कृतिक आदानप्रदानलाई बढावा दिन्छ । यस कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवले हाम्रा युवा प्रतिभाहरूलाई डिजिटलमा नेतृत्व लिन सशक्त बनाउनेछ। उनीहरु आज बिउ हुन् जो भविष्यका आविष्कारकहरू, उद्यमीहरू, र राष्ट्रका प्राविधिक नेताहरू बन्नेछन।”

उनले यस कार्यक्रममा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

कार्यालय प्रमुख तथा युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रफ्टले भने, “युनेस्को र ह्वावेसँग विज्ञान प्रविधि र शिक्षालाई अगाडि बढाउन विश्वव्यापी रूपमा काम गर्ने विश्वव्यापी साझेदारी छ, किनभने हामी यी क्षेत्रहरूमा समान मूल्य र मान्यताका आधारमा काम गरिरहेका छौं । यो विज्ञान र दिगो विकासको लागि अन्तर्राष्ट्रिय दशकको पहिलो वर्ष हो भन्ने तथ्यलाई ध्यानमा राखेर हामीले यो सहकार्य गरेका हौं । अन्तर्राष्ट्रिय दशकले हामीलाई जे गर्न आह्वान गरिरहेको छ, त्यसलाई वास्तविक रूपमा अगाडि बढाउने यो अर्को शुभ माध्यम हो ।”

काठमाडौं विश्वविद्यालयका उपकुलपति, प्रा डा भोला थापाले भने, “द्रुत प्राविधिक विकासले परिभाषित गरेको युगमा स्थानीय प्रतिभाहरूको सशक्तिकरणको महत्त्वलाई बेवास्ता गर्न सकिँदैन। ह्वावेको सीड्स फर द फ्युचर कार्यक्रम हाम्रा विद्यार्थीहरूलाई डिजिटल नेपालको वास्तुकार बन्न सशक्त बनाउने, उनीहरुको क्षमतालाई खोल्न सहयोगी र मार्गदर्शनको रूपमा प्रमाणित बनेको छ ।”

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डीन, प्रा डा शशिधर राम जोशीले भने,”सीड्स फर द फ्युचर नेपाल २०२४ जस्ता कार्यक्रम हाम्रा विद्यार्थीहरुका लागि धेरै प्रभावशाली रहेकाछन्। मैले हाम्रा विद्यार्थीहरुले अमूल्य आईसीटी सीपहरू, जसले उनीहरुलाई यस डिजिटल युगको लागि तयार गरिराखेको छ। यो कार्यक्रमले हाम्रा युवाहरूलाई नवप्रवर्तन गर्नका लागि तयार गर्छ, उद्यमशीलतालाई बढावा दिई नेपालको विकास प्राविधिक क्षेत्रलाई विश्वव्यापी गराउँछ।”

यस वर्ष ह्वावेले सरकार, शिक्षाविद् र उद्योग विज्ञहरू सम्मिलित विविध निर्णायक समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि यहाँ सह-आयोजक र युनेस्को रणनीतिक रूपमा रहेको थिए । यो प्रतियोगिताको दुई महिनामा अन्तर्वार्ता, कार्य, र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन्।

‘सिड्स फर द फ्युचर नेपाल’ को विजेता चीन गइ, त्यहाँ तालिम र छेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् । भ्रमणका क्रममा उनीहरुले उद्योग विशेषज्ञहरु द्वारा प्राविधिक नवाचार बारे अत्याधुनिक सेमिनारमा भाग लिनेछन्।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...